प्रधानसेनापतिका छोराको रोलेक्स घडी सांसद खतिवडाको गोजीमा !

काठमाडौं, २४ पुस । पूर्वसेनापति छत्रमान सिंह गुरुङको कान्छो छोरा प्रबलमान सिंह गुरुङको १४ लाख रुपैयाँ पर्ने रोलेक्स घडी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको गोजीमा भेटिएको छ । प्रबलमान सिंह गुरुङले आफ्नो घडी हराएको उजुरी गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धान गर्दा उक्त घडी कांग्रेस नेताको गोजीमा फेला पर्यो । छत्रमान सिंहगुरुङका कान्छा छोरा प्रबलमान सिंह गुरुङ लन्डनको एउटा ख्यातिप्राप्त रियल स्टेट कम्पनीका डाइरेक्टर हुन् । शनिबार बिहानै ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा दरबारमार्ग प्रहरी वृत्तमा पुगे र घडी दिँदै भने, ‘कसले मेरो गोजीमा पो राखिदिएको रहेछ। मलाई त थाहै भएन । ‘