माओवादी ताप्लेजुङको सेक्रेटरीमा अशिष लिम्बु

२०७३ पुष २४ गते, आईतवार

काठमाडौं, २४ पुस । नेकपा (माओवादी) ताप्लेजुङको सेक्रेटरीमा अशिष लिम्बु चयन भएका छन । शनिबार फुङलिङमा सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनले आशिष लिम्बूको नेतृत्वमा ३५ सदस्यीय जिल्ला संगठन समिति चयन गरेको हो । आगामी फाल्गुन १ गते काठमाण्डौको खुल्ला मञ्चमा, उद्घाटन सत्र र रोल्पामा बन्द सत्र हुने केन्द्रीय आठौँ महाधिवेशनमा ११ जना प्रतिनीधि र पर्ययवेक्षकको टुङ्गो पनि जिल्ला अधिवेशनले लागाएको छ ।
पौष २२ र २३ दुई दिन चलेको जिल्ला अधिवेशनमा १ हजार ८ सय पार्टी सदस्यको प्रतिनिधित्व गरेका ४८ ओटा गाविस र १ नगरपालिकाका प्रतिनीधि तथा पर्ययवेक्षको सहभागिता थियो । माओवादीले जिल्ला अधिवेशनको लागि प्रत्येक ११ जना पार्टी सदस्य मध्ये १ जना प्रतिनीधि र प्रत्येक गाविस र नगरपालिकाबाट १ जना पर्ययवेक्ष सहभागि गराएको थियो ।
फाल्गुन १ गते आठौँ केन्द्रीय महाधिवेशनमा ५० हजार माओवादी कार्यकर्ता सहभागी गराई शक्ति प्रदर्शन सहित रोल्पामा बन्द शत्र गर्ने तयारी माओवादीले गरेको छ ।
पछिल्लो समयमा पार्टीलाई चुस्तदुरुस्त बनाउन र संगठनलाई चलायमान बनाउनको लागि गाउँ, जिल्ला, व्यूरो र केन्द्रीय समिति सानो र चलायमान बनाउने केन्द्रीय रणनीति छ । ताप्लेजुङ जिल्लाको जिल्ला संगठन समिति सानो बनाउन प्रयत्न भए पनि अझै ठूलो भएको नव निर्वाचित सेक्रेटरी आशिषले बताए । प्रथम जिल्ला अधिवेशनको उद्घाटन माओवादीका स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला (कञ्चन) ले पौष २२ गते गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]