‘ सरकार छाड्ने कुरै नगरौ ‘

२०७३ पुष २५ गते, सोमबार

काठमाडौँ, २५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पूर्ण कार्यान्वयन गरेरमात्रै सरकार छाड्ने बताएका छन ।आज प्रेस सेन्टर चितवनले भरतपुरमा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघामा बोल्दै प्रधानमन्त्री प्रचण्डले तीनै तहको निर्वाचन गरि संबिधान कार्यान्वयन गरेर मात्रै सरकारबाट बाहिरिने बताए । उनले भने , पहिले जस्तो सजिलै सरकार छाड्छु भन्ने भ्रममा हुनुहुन्छ भने त्यसलाई त्याग्नुस् ।
प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक पेश गर्ने क्रममा संसदमा एमालेले गरेको विरोध सहमति अनुसार नै भएको पनि ठोकुवा गरे । एमालेले संसदमा अवरोध गर्ने र सरकारले संशोधन प्रक्रिया अघि बढाउने सहमति भएको भन्दै उहाँले बाहिर राजनीतिक किचलो जस्तो देखिए पनि आन्तरिक रुपमा सबै कुरा मिलिसकेको बताए । यसै क्रममा प्रधानमन्त्री दाहालले पुरक बजेट ल्याउने सम्भावनाबारे सम्बन्धित निकायमा छलफल भइरहेको पनि बताए ।

प्रतिक्रियाहरु

[anycomment]