प्रचण्ड र बाबुरामलाई परित्याग गर्ने लहर

२०७३ पुष २५ गते, सोमबार

काठमाडौं, २५ पुस । ने.क.पा.(माओवादी केन्द्र) निकट युवा संगठन योंग कम्युनिस्ट लिग (वाईसिएल) नेपालका दुई दर्जन भन्दा बढी नेता–कार्यकता सो संगठन परित्याग गरेर ने.क.पा.(माओवादी)मा प्रवेश गरेको घोषणा गरेका छन् । माओवादी केन्द्रको पार्टी र वाईसिएल नेतृत्व राष्ट्रघात र जनघात, भ्रष्टचारमा चुर्लुम्व डुवेर जनताको डाँड सेक्ने सम्मको भएको भन्दै जनविरोधी पार्टी र संगठनमा आफुहरु बस्नुको कुनै औचित्य र अर्थ नभएको उनीहरुले जारी गरेको विज्ञेप्तीमा उल्लेख छ । नेपाली जनताको आमुल परिवर्तनको बाटो विप्लव नेतृत्वको माओवादी र उसले अपनाएको कार्यदिशा एकीकृत जनक्रान्तिले मात्र गर्ने माओवादी केन्द्र छाडेका २८ नेता कार्यकर्ताले विज्ञेप्तीमा व्यक्त गरेका छन् ।
उनीहरुद्धारा जारी गरेको विज्ञेप्तीमा आफुहरु अब ने.क.पा.(माओवादी)ले अगाडी सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामा रहेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । माओवादीले झापा जिल्ला संगठन सुदृढ गर्ने अभियानको क्रममा राष्ट्रिय युवा जनस्वयम् सेवकको जिल्ला समितिमा प्रवेश गरेका छन् ।
पवेश गर्नेहरुमा नगेन्द्र लिम्वु, आकाश हिमाल, इन्द्र धिताल, जितिन राई, जनम राई, सुदिप लिम्वु, सुमन लिम्वु, एल.वि सुब्वा,राजु धिताल, महेन्द्र राई, उसेन राई, श्याम श्रेष्ठ, दिपेन राई, आसमान लिम्वु मंगल लिम्वु, सरोज उर्जी, सागर राई, अर्जुन लिम्वु, विशाल कुमाल, प्रवेश खत्री, सचिन कुमाल, कुमार वि.क., सन्त राई, रमेश क्षेत्री, प्रमेद कार्की, ऋषी रिमाल, विपुल कार्की रोषन वि.क.लगायत रहेको विध्यार्थी नेता सुमन सिंह पौडेलले बताएका छन् ।
यसैगरी , संखुवासभामा नयाँ शक्ति नेपालका तीन दर्जन नेता कार्यकर्ता विद्रोह गरी विप्लव नेतृत्वको माओवादीमा प्रवेश गरेका छन् । माओवादीमा प्रवेश गर्ने नयाँ शक्तिका मानकाजी कोइराला र पुष्प कोइराला प्रदेश सदस्य हुन् । त्यसैगरी प्रेमबहादुर राई, मिठकुमार श्रेष्ठ, प्रकाश पुरी, खड्कबहादुर सुनामलगायत नेता कार्यकर्ता रहेका छन् । उनीहरुलाई नेकपा माओवादी संखुवासभाले पार्टीमा टीका लगाएर स्वागत गरेको छ ।
नयाँ शक्तिले पाँच सको नाममा भ्रामक राजनीति गरेको भन्दै उनीहरुले एक विज्ञेप्ती जारी गरेर नेपालको आमुल परिवर्तनका लागि माओवादीमा प्रवेश गरेको बताएका छन् । उनीहरुले नयाँ शक्तिका नेताहरुले पार्टीको वैचारिक धार के हो भन्नेबारे अहिलेसम्म स्पष्ट बनाउन नसक्दा धेरैलाई अन्योल बनाएको र त्यही अन्योलताबाट आफुहरुले विद्रोह गरेको बताएका छन् ।
नयाँ शक्ति छाडेकाहरुले जारी गरेको विज्ञेप्तीको पूरा पाठ :

प्रतिक्रियाहरु

[anycomment]