‘ एकीकृत जनक्रान्तिमार्फत संसदबादी दलहरुको सिन्डिकेट तहन नहस पार्छौ’

काठमाडौं, २६ पुस । नेकपा(माअाेवादी) गुल्मीका सेक्रेटरी बिष्णु पंन्तले संसदबादी दलहरुको सिन्डिकेट एकीकृत जनक्रान्ति मार्फत तहन नहस पारी दिने उदघोष गरेका छन । सेक्रेटरी पंन्तले नेकपा(माअाेवादी ) रेसुङ्गा नगर पालिकाकाे अधिवेशन उद्घाटनको क्रममा सो ठोकुवा गरेका हुन् । सो अधिवेशनका प्रमुख अतिथि रहेका पन्तले जुन सिन्डिगेट मार्फत नेपाली जनतालाई बन्दक बनाई दलाल संसदिय सत्ता मार्फत शाेषण गरिएको छ । जसकाे परिणाम:त अाज नेपाली राष्ट्रियता बेचेर खाने काम भएकाे छ । हामीलाई स्विकार्य हुने छैन जाे जसले नेपाली जनतालाई बेचेरलाई खान खाेज्दै छन् तिनिहरुलाई स्वयम् स्वाभिमानी नेपाली जनताहरुले छिट्टै बढारेर राष्ट्रिय मुक्ति युद्ध मार्फतमा स्वाधिन जनगणतन्त्र नेपालकाे निर्माण गर्ने बताए ।
साेहि कार्यक्रममा बिशेष अतिथि जिल्ला कार्यलय सदस्य तथा जिल्ला जनसरकार प्रमुख गाेविन्द बहादुर विक “अाकाश”ले पनि अाफुहरुले माअाेवादी जनसत्ता मार्फत नयाँ जनवादी सत्ताकाे अभ्यास गर्नेछौं । मजदुर , किसान , दलित सबै वर्गहरुलाई समेटेर समाजवादी सत्ताको अभ्यासमा लाग्ने गरी नेपाली माैलिक एकीकृत जनक्रान्तिकाे कार्यदिशा २० बर्षकाे भिषण माअाेवादी अान्दोलनकाे अनुभवमा जन्मिएको छ । याे अान्दोलनकाे ईतिहासबाट मालेमावादकाे अालाेकमा जन्मिएको अबकाे एकीकृत जनक्रान्तिले विशेष महत्त्व राख्ने बताएका छन् ।
सो अधिवेशनवाट मुक्ति गैरेकाे नेतृत्वमा १७ सदस्यीय नगर कमिटी घाेषणा गरिएको छ । अधिवेशनमा अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला संयाेजक सीता भुसाल , राष्ट्रिय युवा जन स्वयम् सेवकका जिल्ला ईन्चार्ज खिम खड्काकाे उपस्थिति रहेेकाे थियोे । अधिवेशनकाे कार्यक्रम संचालन माधव पाण्डे गर्नुभएकाे थियाे । स्वागत मतव्य शंकर कुँवरले गरेका थिए ।