बन्दको अबज्ञा गर्ने कलेज क्रान्तिकारीको निशानामा

काठमाडौं, २६ पुस । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले कञ्चनपुरको ब्रिक्सटन कलेजमा तोडफोड गरेका छन् । अखिल क्रान्तिकारीले आज आव्हान गरेको बन्दको अवाज्ञा गरेको भन्दै उनीहरुले तोडफोड गरेको बताइएको छ । उनीहरुले कलेजको प्रिन्सिपल कार्यकक्षका टेबुल तोडफोड गर्नुका साथै उक्त कार्यकक्ष भित्र रहेका फर्निचर यत्रतत्र फालेरका छन् । ब्रिक्सटन कलेजका प्रिसिन्पल निशा भट्टले एकाएक कलेजमा आएका विद्यार्थीले कार्यकक्ष तोडफोड गरेर गएको बताए । ‘म कार्यालय थिए , सात आठ जना आए तर भित्र तिनचार जना मात्रै आएर तोडफोड गरेर गए’ उनले भनिन् ‘बन्दकै विषयमा हामी विद्यार्थीलाई सूचना गर्दै थिए उनीहरु आएर तोडे ।’ आफुलाई पनि अभद्र व्यवहार गरेको प्रिन्सिपल भट्टले बताईन् । यता क्रान्तिकारीले भने बन्दको अवाज्ञा गरेको भन्दै समान्य तोडफोड गरेको स्वीकार गरेका छन् । क्रान्तिकारीका केन्द्रीय सदस्य बिरेन्द्र शाहले संगठनले बन्दको पुर्व जानकारी दिएर पनि बन्दको अवाज्ञा गरेका कारण उक्त विद्यालय कार्बाहीमा परेको बताए । आफुहरुले कसैलाई पनि अभद्र व्यवहार नगरेको उनको दावि छ ।