माओवादीद्वारा जनकारबाही तीव्र , भ्रस्ट र तस्करहरुको भागाभाग

२०७३ पुष २७ गते, बुधबार

काठमाडौं, २७ पुस । नेकपा (माओवादी) कैलालीले टीकापुरबाट चेलीबेटी तस्करलाई नियन्त्रणमा लिएर एक महिलालाई बेचिनबाट जोगाएको छ । माओवादी टीकापुर नगर सेक्रेटरी झलक विकका अनुसार चेलीबेटी तस्कर टिकापुर ६ कटानपुरका दानेयल बिकले टिकापुरास्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी ३० बर्षिया नानीमाया परियार (नाम परिवर्तन) लाई बेच्न लगिरहेको अवस्थामा आफ्नो नियन्त्रणमा लिएको बताएका छन् ।
नानीमायााई दानेयलले भारतको बाटो भएर कुवेत पठाईदिने प्रलोभन देखाएर मंगलबार टिकापुरबाटै अटो रिक्सा प्रयोग गरि करिब १५ किलोमिटरको दुरीमा रहेको संग्रौलाघाट हुदै तिकुनिया बर्डर कटाएका थिए ।
सेक्रेटरी बिकले भने -‘चेलीबेटी बेचबिखनमा संलग्न रहेको आसंकाका आधारमा दानेयललाई हामीले निगरानीमा राखेका थियौं, उनि युवती लिएर गाउँबाट हिडेको थाहा पाएपछि हामीले पछ्याउदै जाने क्रममा तिकुनिया बर्डर पार गरिसकेपछि भेट्टाउन सफल भायौं ।’ सामान किन्न जाने भन्दै उनीहरूले एक्लाएक्लै सिमानाका पार गरेकाे बिककाे भनार्इ छ । ‘नियन्त्रणमा लिएर सोधपुछ गर्नेवितिक्कै दानेयलले आफु चेलीबेटी बेचबिखनमा संलग्न रहेको स्वीकार्दै यसअघि ३ जना महिलालाई बेचिसकेको बाताए ।’ सेक्रेटरी बिकले भने ‘ त्यसपछि हामीले पत्रकार सम्मेलन गरेर दुवैजनालाई इलाका प्रहरी कार्यालय टीकापुरलाई बुझाएका हौै।’ यस्ता अमानवीय गतिविधि गर्नेहरु आफ्नो पार्टीको निगरानीमा रहेको भन्दै उनले दलाल, तस्कर, भ्रष्टाचारिहरूलार्इ खाेजेरै कारवाहीकाे दायरामा ल्याउने बताए ।
यसैगरी , नेकपा (माओबादी) ले मंगलबार कास्की जिल्लाको ढिकुरपोखरी गाबिसमा मनपरी तबरले योजना तर्जुमा गरिए जनकार्बाही गर्ने घोषणा गरेपछि काङ्ग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख नेताहरू कार्यक्रमस्थल छोडेर भागभाग गरेका छन् भने राजनीतिक भागबन्डाका आधारमा जनतालाई थाहै नदिई गाउँ परिषद गरेर बार्षिक योजना तर्जुमा गरेको भन्दै कास्की जिल्लाको ढिकुरपोखरी गाबिसका जनताको सहयोगमा माओबादीले ढिकुरपोखरि गाबिसको कार्यालयमा तालाबन्दी गरेको छ l
बजेट सार्बजनिक कार्यक्रममा उपस्थित ढिकुरपोखरी गाबिसको वडा नम्बर ३ र ९ का जनाताले “आफुहरु भौगोलिक दृष्टिले दुर्गमस्थलमा रहनुपरेको भएपनि त्यहाँको बाटोघाटो लगायतका बिकास निर्माणका लागि गाविसले कुनैध्यान नदिएको” भन्दै बिरोध गरेका थिए भने दलीय भागबण्डा र असमानुपातिक बजेका बिरुद्ध चर्को नाराबाजी गरेका थिए l
पिडित जनताको आवाजलाई बेवास्ता गर्दै बजेट सार्बजनिक गर्न लागिएपछी पिडित जनताको अनुरोधमा ने क पा (माओवादी ) ईलाका न १० का इन्चार्ज “परिबर्तन” ले माइक खोसेर पिडित जनताको आबाज नसुनी केही टाँठाबाठाको इशारामा बजेट घोषणा गरिए “जनकारबाही” गर्ने घोषणा गरेका थिए l उनको घोषणा संगै काङ्ग्रेस ,एमाले र माओवादी केन्द्र का प्रमुख नेताहरू कार्यक्रम स्थल छोडेर भागभाग गरेका थिए भने गाबिस कार्यालयमा तालाबन्दी गरिएको छ l
जनताको असन्तुस्टीका कारण ढिकुरपोखरी गाबिसको बजेट सार्बजनिक कार्यक्रम स्थगित गरिएको गाबिस सचिब स्थानेस्वर ढुंगानाले जानकारी दिएका छन् l उनले असन्तुस्ट र पिडित जनताको जायज जनताको मागलाई बजेटमा समाबेश गरिने जनसंचार डट कमलाई जानकारी दिएका छन् l उनले भने “ढिकुरपोखरी गाबिसको वडा नम्बर ३ र ९ स्थित ठुलाचौरका जनता बिकट ठाउँमा बस्छन l उनीहरुको बाटो निर्माण गरिनुपर्ने माग जायज छ l

प्रतिक्रियाहरु

[anycomment]