प्रचण्डलाई जनअदालतमा उभ्याउने चेतावनी

काठमाडौं, २७ पुस । नेकपा माओवादीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश वलि ‘शुदर्सन’ले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘जनअदालत’मा उभ्याउने चेतावनी दिएका छन् । प्रचण्ड हिटलर बन्न खोजेकाले उनलाई जनअदालतमा उभ्याउनु पर्ने बेला भएको ओलीले बताए । नेकपा माओवादी जाजरकोटको चौथो जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा उनले माओवादीले पनि आफ्नो जनसत्ता सञ्चालन गरेको बताए । पुरानो सत्ताका राजा बस्ने ठाउँमा पुगेका प्रचण्डलाई जनसत्तामा उभ्याएरै छाड्ने उनले बताए ।प्रचण्ड पुरानो सत्ताको मालिक बनेकाले अबको क्रान्ति नै प्रचण्डविरुद्ध भएको उनको भनाइ छ । माओवादीले पुराना सत्ताको विकल्पमा जनक्रान्ति गर्न लागेको उनले बताए । जनक्रान्ति हतियारको मात्र नभई राष्ट्रप्रेमी सबै मिलेर गर्ने क्रान्ति भएको ओलीको भनाइ छ ।प्रचण्ड पुरानो सत्ताको मालिक बनेकाले अबको क्रान्ति नै प्रचण्डविरुद्ध भएको उनको भनाइ छ । माओवादीले पुराना सत्ताको विकल्पमा जनक्रान्ति गर्न लागेको उनले बताए । जनक्रान्ति हतियारको मात्र नभई राष्ट्रप्रेमी सबै मिलेर गर्ने क्रान्ति भएको ओलीको भनाइ छ ।उनले बाबुराम भट्टराईको पार्टी पनि नयाँ शक्ति नभई पुरानो शक्ति भएको बताए ।
यसैगरी , नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)का नेता चित्रबहादुर आलेले संसदीय व्यवस्था अन्त्य गर्न आफूहरु जस्तोसुकै मुल्य चुकाउन तयार रहेको बताएका छन् । सिरहाको लहानमा आयोजित उक्त पार्टीको चौथो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था मिलेर शोषण गर्ने र मिलिजुली खाने भएको बताए । उनले प्रचण्डले संसदीय व्यवस्था अन्त्य गर्नकै लागी १० बर्षे जनयुद्ध लडेपनि अन्ततः टाउँकोको मूल्य तोक्नेसँगै मिलेर सत्तामा बसेको आरोप लगाए । सत्तामा पुग्न प्रचण्डले पहिले एमाले अध्यक्ष ओलीसँग मिलेको र अहिले जनयुद्धका बेला टाउँकोको मुल्य तोक्ने काँग्रेस नेता शेरबहादुर देउवासँग मिलेर सत्तामा बसेको बताउँदै उनले भने, ‘प्रचण्ड दलाल भएको पुष्टि भइसक्यो ।’ उनले सबै कम्यूनिष्ट दलाल नभएको बताउँदै सच्चा र देशभक्त बामबन्थी आफूहरु भएको दावी गरे । उनले संविधान संशोधनको विरुद्धमा रहेका एमाले अध्यक्ष केपी ओली लगायतका केही नेताहरु सत्ताको बार्गेनिङमा लागेको आरोप पनि लगाए । काँग्रेस, एमाले, माओवादी केन्द्र र मधेसवादी दलहरु समेत सत्ताको भोको भएको उनको भनाई थियो । नेता आलेले फाल्गुन १ गते जनयुद्धको उद्गम स्थल रोल्पाको थवाङमा डेढ लाख जनता उतार्ने घोषणा समेत गरेका छन् । उनले युद्ध स्थलबाटै सरकारलाई संसदीय व्यवस्था अन्त्य गर्न र भ्रष्ट तथा दक्षिणपन्थीहरुलाई देशलाई विगार्ने चलखेल बन्द गर्न चेतावनी दिने पनि बताए ।
कार्यक्रममा सामना साँस्कृतिक टोलीले जनयुद्धकै शैलीमा खुकुरी बोकेर ‘लेफ्ट राइटको तालमा खुकुरी भिरेर, खाँचो परे भिड्ने छौं बन्दुक बोकेर…’ लगायत बोलको क्रान्तिकारी नृत्य प्रस्तुत गरेका थिए ।