‘क्रान्तिको क्षेप्यात्र प्रक्षेपण हुँदैछ’

२०७३ पुष २७ गते, बुधबार

काठमाडौं, २७ पुस । नेकपा (माओवादी)का स्थायी कमिटि सदस्य तथा केन्द्रिय जनपरिषद् प्रमुख सन्तोष बुढा मगरले क्रान्तिको क्षेप्यात्र प्रक्षेपण हुने बताएका छन । नेकपा (माओवादी) नवलपरासीको ५ औं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले महाधिवेशनलाई पार्टी र संगठन निर्माणको अस्त्रको रुपमा हेर्नुपर्ने बताउदै अगाडी भने, ‘पार्टीले फाल्गुण १ गते काठमाडौंमा आठौं महाधिवशेनको उद्घाटन गरेर सहरमा पनि क्रान्तिको उद्घोष गर्छ, लगत्तै बन्द सत्र रोल्पाको थवाङमा गरेर गाउँसम्म फर्कन्छ, गाउँ र सहरलाई एकैचोटी जोड्छ ।’ आगामी महाधिवेशन ऐतिहासिक हुने भन्दै उनले महाधिवेशन एउटा क्षेप्यात्र भएको जिकिर गरे । उनले भने, महाधिवशेनबाट हामीले एउटा क्षेप्यात्रको प्रक्षेपण गर्दैछौं यसबाट प्रतिक्रियावादीहरुको मुटुमा भुकम्प जानेछ, सत्ता ढल्मलाउने, प्रतिक्रान्तिको दुस्साहस गर्नेहरुको सातो जानेछ ।’ सबैलाई पार्टी निर्माणमा जोड दिदैं संगठन सुदृढकिरण र चुस्त बनाउन समेत आग्रह गर्दै उनले आगामी महाधिवेशनले नेपाली कम्युनिष्ट आन्दोलनमा उर्जा थप्ने बताए । सो कार्यक्रममा केन्द्रिय सदस्य तथा लुम्बिनी व्यूरो इन्चार्ज चन्द्रबहादुर चन्द, केन्द्रिय सदस्य बाला थापा, कपिलवस्तुका सेक्रेटरी संगम पुन, रुपन्देहीका सेक्रेटरी शरद ओली, अर्घाखाँचीका सेक्रेटरी सुमन ज्ञवाली, पाल्पा जिल्ला सेक्रेटरी धिरज राना लगायतले शुभकामना मन्तव्य दिदैं एकिकृत जनक्रान्ति सुरु भैसकेको र यसमा सबै क्रान्तिकारी, देशभक्त, राष्ट्रवादीहरु लामबद्ध हुनुपर्नेमा जोड दिए । दुई दिनसम्म चलेको सम्मेलनमा राजनीतिक प्रतिबेदन जिल्ला सेक्रेटरी जुझारुले प्रस्तुत गरेका थिए भने रक्तिम सांस्कृतिक परिवारले क्रान्तिकारी संस्कृतिका झलकहरु प्रस्तुत गरेको थियो ।
कार्यक्रमको सञ्चालन पार्टीका कार्यालय सदस्य डा. शिवशंकर बस्यालले गरेका थिए भने स्वागत मंगलसेन र कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी जुझारुले गरेका थिए । त्यस्तै यता लुम्बिनी व्यूरो अन्तर्गत सबै जिल्लाहरुको जिल्ला सम्मेलन ठोस गरिएको छ । जसमा नवलपरासीको सम्पन्न भैसकेको छ भने अर्घाखाँचीको माघ २ गते, कपिवस्तुको माघ ३ र ४ गते, रुपन्देहीको माघ ५ र ६ गते ठोस भएको छ। पाल्पाको जिल्ला सम्मेलन माघ ९ गतेको लागी ठोस गरिएको व्यूरो ईन्चार्ज चन्द्रबहादु चन्दले जानकारी दिए ।
झण्डै दुई बर्ष अगाडी नेपाल कम्युनिष्ट आन्दोलन धरापमा परेको र प्रतिक्रान्ति भएको भन्दै बाकी रहेको क्रान्तिको कार्यभार पूरा गर्ने उद्घोषसहित पुनर्गठन भएको नेकपा (माओवादी) यतिबेला आठौं महाधिवेशनको तयारीमा जुटिरहेको छ । यसै सन्दर्भमा राष्ट्रिय महाधिवेशनको तयारीको क्रममा जिल्लाहरुको सम्मेलन सम्पन्न भैरहेका छन् । आगामी फाल्गुण १ गते काठमाडौंको खुलामञ्चमा महाधिवशेनको उद्घाटन गर्दैछ भने ३ गतेदेखी रोल्पाको थवाङमा बन्द सत्रको आयोजना गरेको छ । पार्टीको आठौं महाधिवेशन जनयुद्धको उद्गम थलो रोल्पामा गरिरहँदा र पछिल्लो पार्टीको गतिविधिहरु गरिरहँदा राजनीतिक बृत्तमा यो महाधिवशेनलाई बिषेश महत्वका साथ हेरिएको छ ।
सम्मेलन पदम के.सी. जुझारुको नेतृत्वमा २५ सदस्यीय नयाँ जिल्ला समिति चयन गर्दै बुधबार सम्पन्न भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]