स्वघोषित इन्टरनेशनल स्कूल-कलेज अखिल क्रान्तिकारीकाे निसानामा

काठमाडौं, २८ पुस । स्वघोषित इन्टरनेशनल स्कूल तथा कलेज नेकपा ( माअाेबादी )निकट अखिल क्रान्तिकारीकाे निसानामा पर्न थालेका छन । आफ्नो स्कूल-कलेजको नामकाे पछाडि ‘इन्टरनेशनल’ शब्द झुण्ड्याउने स्कूल-कलेजमाथि अखिल क्रान्तिकारीले छानविन थालेको छ । अखिल क्रान्तिकारिले त्यस्ता स्कूल-कलेजले अभिभावकलाई ठग्न इन्टरनेश्नल झुण्ड्याउने तर भाैतिक संरचना विद्यार्थीमैत्री नभएका र पढाईकाे स्तर न्यून भएकाे भन्दै त्यस्ता स्कूल-कलेजमाथि छानविन गर्ने बताएकाे छ।
यसै क्रममा अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले बिहीबार दाङकाे घाेराहीस्थित दाङकाे घाेराहीस्थित गोरखा स्कूलकाे नामकाे पछाडीकाे ‘इन्टरनेशनल’ शब्दमा कालाे पाेतेर यस्ताे अभियानकाे सुरुवात गरेका छन् । सामान्य स्कूल-कलेजले अन्तर्राष्ट्रय स्तरका देखाउन इन्टरनेशनल शब्द लेखेर अभिभावकलाई लुट्दै अाएकाे अखिल क्रान्तिकारीकाे अाराेप छ । अभियानलाई देशव्यापी बनाउने अखिल क्रान्तिकारीले बताएकाे छ ।