‘नयाँ प्रविधिसहित युद्ध गर्न तयार छौ ‘

काठमाडौं, २९ पुस । नेकपा माओवादीका केन्द्रीय जनपरिषद प्रमुख तथा स्थायी कमिटि सदस्य सन्तोष बुढामगरले मुलुकलाई वाह्य हस्तक्षपबाट रोक्नको लागि सम्पूर्ण देशभक्तहरु एक हुनुपर्ने बताएका छन् । नेकपा माओवादी मकवानपुरको हेटौँडामा सुरु भएको जिल्ला सम्मेलनमा बोल्दै प्रमुख अतिथि समेत रहेका बुढाले नेकपा माओवादीले उठाएको जनक्रान्ति नेपाली जनताको भएको दाबी गरे । राज्यले देशभित्र रहेको नागरिकहरुको सुरक्षा दिनुपर्ने ठाउमा बर्षै बर्ष देखि भुमिहीन किसानहरुको घर टहरामा आगो लगाउने कैले पाकेका बालि नालीहरुमा डोजर चलाएको कारण यो सरकार जनउत्तरदाई नभएको बताए ।
यदि यो सरकारले यस्तो गम्भीर गल्तीहरु अझ् दोहोराउदै जाने हो भने नेकपा माओवादी अधिकारको निम्ती अन्तिम युद्धको बाटोमा लम्कन तयार रहेको बुढाले चेतावनी दिएका छन् ।
यदि यो सरकारले हामीहरुलाई युद्धतर्फ ढकेल्छ भने हामीहरुको लागी सेना हतीयार देखी आवस्यक सबै उपकरणहरु जुटाउने समस्या छैन उनले भने यो बदलिदो युगमा प्रविधिको प्रयोग गरि आफुहरु युद्ध लड्ने र सामन्ती राज्य सत्ता लाई ढाल्ने गरि क्षमता विकास गरिसकेको उनले जानकारी दिए ।
नेपाल कम्युनिस्ट पाटी माओबादि नारायणी अञ्चल ब्युरो संयोजक चिरण पुनले माक्सवादको मान्यतालाई आत्मसाथ गर्दै एकिकृत जनक्रान्तिको कार्यदिशा अनुरुप क्रान्ति गर्नु वर्तमानको आवश्यक्त बताए । कार्यक्रममा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघका सदस्य एव्म अखिल नेपाल यातायताका मजदुर संघका केन्द्रीय संयोजक गोकुल दहालले विप्लब माओवादीलाई यो संसदवादले विना कसुर झक्झकाईरहेको बताए । यदि यसरीनै झक्झकाईरहने हो भने त्यसको प्रतिकारको निम्ती जुन सुकै कदम आफुहरुले उठाउन तयार रहेको उनको भनाई रहेको थियो । आजबाट सुरु भएको सम्मेलनले भोली पार्टीको नयाँ निती तथा नेतृत्वमा निर्माण गर्ने भएको छ । सम्मेलनमा ३ सय प्रतिनिधीहरु सहभागि रहेका छन् ।
कार्यक्रममा बारा जिल्ला सेक्र्रेटरी बिरोध, पर्सा जिल्ला सेक्र्रेटरी अर्जुन नारायणी ब्युरो सदस्य स्लाम अन्सारी ,महीला संघ की नारायणी ब्युरो संयोजक मनु आछामी , युवा जन स्वयम सेवकका नारायणी ब्युरो संयोजक जिवन लामा र तामाङका नारायणी ब्युरो संयोजक सुर्य तामाङ लगाएतकाको उपस्थीति रहेको थियो । कार्यक्रम अघि बाजा गाजाको साथ नगर परिक्रमा गरी कार्यक्रम स्थलमा प्रवेश गरेको थियो ।