‘विप्लव संकलित रचना’ पुस्तक प्रकाशन

काठमाडौं, १६ माघ । नेकपा (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवको ‘विप्लव संकलित रचना’ पुस्तक प्रकाशन भएको छ । माओवादी केन्द्रीय प्रकाशन विभागले हालै प्रकाशित गरेको पुस्तकमा विप्लवले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजबारे आफ्नो पार्टीले गर्न खोजेको विकासबारे महत्वूर्ण विषयहरु उत्थान गर्न खोजेका छन् । जनयुद्धकालीन समयदेखि शान्तिकालमा आउँदा कयौं महत्वपूर्ण विचार सम्प्रेषण गरेर विप्लवले नयाँ र क्रान्तिकारी विचार प्रक्षेपण गरिरहेका थिए । तिनै विचारहरुको संग्रहका रुपमा ‘विप्लव संकलित रचना’ पुस्तकको रुपमा प्रकाशित भएको छ । विप्लवको यो संकलित रचनामा अहिले सबैभन्दा चर्चित र महत्वपूर्ण लेख नयाँ विचारको विकास र विज्ञानको नियम भन्ने रहेको छ । यो लेखमा उनले माक्र्स, लेनिन र माओले आफनो समकालीन दुनियाँमा गरेको विचारको विकास र अबको समयमा क्रान्तिकारीहरुले कसरी विकास गर्ने भन्नेबारे सविस्तार चर्चा गरेका छन् ।
साथै यसमा उनले विचारको विकासमा विज्ञानको नियम कस्तो रह्यो र रहन्छ भन्नेबारे पनि यथेष्ट चर्चा गरेका छन् । यो पुस्तकमा लेखहरु शान्तिकालपछि प्रचण्ड बाबुरामविरुद्धको दुई लाइन संघर्षमा तयार पारिएका निकै चर्चित र महत्वपूर्ण विचारहरु रहेका छन् ।