एयर मार्सल सम्झौताविरुद्ध सडक संघर्ष

काठमाडाैँ,१६ माघ । नेकपा (माअाेवादी) ले सरकारले भारतीय हवाई सुरक्षा बल (एयरमार्सल)लाई त्रिभुवन विमानस्थलमा राख्ने तयारी गरेेकाे भन्दै सडक संघर्ष सुरु गरेकाे छ । नेपालकाे एकमात्र अन्तरास्ट्रिय विमानस्थलमा एयर मार्सल राख्ने तयारीबारे भन्दै सरकारकाे जवाफ मागेकाे माअाेवादी सडकमा निस्केकाे हो । विराेध प्रदर्शनकाे नेतृत्व पार्टीका स्थायी समिति सदस्य तथा केन्द्रीय जनपरिषद् अध्यक्ष सन्ताेष बुढाले गरेका छन् । केहि दिन अघि माओवादीका महासचिव विप्लवले एक प्रेस बिज्ञाप्ती जारी गरि प्रचण्ड सरकारले एयरमार्सल राख्ने सम्झौता गरेर गम्भिर राष्ट्रघात र आत्मसमर्पण गरेको बताएका थिए ।