भारतीय सेना राखेर नेपाली आकाशमा जहाज नउडाउन चेतावनी

२०७३ माघ १७ गते, सोमबार

काठमाडाैँ, १७ माघ । एकीकृत जनक्रान्तिको मार्गमा अघि बढिरहेको नेकपा (माओवादी) ले भारतीय सेना सवार जहाजलाई काठमाडौंमा अवतरण गर्न नदिन माग गर्दै आफ्नो पार्टीले अप्रिय निर्णय लिन बाध्य नपार्न सरकारलाई चेतावनी दिएका छन् । सो पार्टीका जबस मोर्चा इन्चार्ज मोहन कार्की (जीवन्त) ले भने ‘हाम्रो पार्टीले एयरमार्सलविरुद्धको आन्दोलन देशव्यापी बनाउनेछ, तत्काल भारतीय सेना चढेको जहाजलाई काठमाडौंमा अवतरण गर्न रोक लगाउनुपर्दछ ।’ नेता कार्कीले नेकपा माओवादीलाई नेपाली भूमिभित्र कुनै पनि देशका सेनाको सवारी सैह्य नभएको भन्दै तत्काल भारतीय सेना विमानस्थलबाट हटाउन भनेका छन् । उनले नेपाल सरकारलाई कुटनीतिक पहल लिएर तत्काल भारतीय सेना सवार जहाजलाई काठमाडौंमा अवतरण गर्न रोक्न चेतवानी दिँदै सरकारले रोक्ने प्रयास नगरे आफूहरूले अप्रिय निर्णय गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
उनले नेपाली जनतामा रहेको उच्च बलिदानी भावनाको सम्मान गर्दै तत्काल भारतीय सेना काठमाडौंस्थित विमानस्थमा अवतरण नरोकै जनताले प्रतिरोध गरेर त्यस्ता जहाजलाई काठमडौंमा छिर्न नदिनेसम्मको विरोधका कार्यक्रम बनाउने चेतावनी दिएका छन् । कार्कीले त्यस्तो आन्दोलनको स्वरूपबारेमा केही बताउन चाहेनन् ।
आइतबार अपरान्ह माओवादीले राजधानीको माइतीघर मण्डलाबाट एयरमार्सल राख्ने कुराको विरोध गर्दै प्रदर्शनसमेत गरेको छ । भ्याली ब्युरो प्रमुख तथा जनसरकार प्रमुख सन्तोष बुढा मगर र जबस मोर्चा इन्चार्ज मोहन कार्की जीवन्तले नेतृत्व गरेको जुलुस कोणसभामा परिणत भएको थियो । सो पार्टीले देशव्यापी रूपमा भारतीय सेना विमानस्थलमा ओरालिएको बिषयमा प्रदर्शन गर्ने जनाएको छ ।
स्मरणरहोस्, नेकपा (माओवादी) यसअघि १० वर्षसम्म चलेको जनयुद्धमा सहभागी भएकाहरूको पार्टी हो । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जनयुद्धका पश्चिम क्षेत्रका सैन्य कमान्डर नै थिए भने जनयुद्धको समयमा तत्कालीन शाही सेनाका केही हेलिकोप्टर तत्कालीन विद्रोही माओवादीले खसाली दिएको थियो । – नयाँ प्रकाशित साप्ताहिकवाट

प्रतिक्रियाहरु

[anycomment]