‘कर्मचारी महासंघबिच एकता हल्लामात्र ‘

२०७३ माघ १८ गते, मंगलवार

काठमाडाैँ, १८ माघ । नेपाल राष्ट्रिय कर्मचारी महासंघ र राष्ट्रिय कर्मचारी महासंघबिच एकताको कुरा हल्लामात्र भएको पुस्टि भएको छ । राष्ट्रिय कर्मचारी महासंघ, नेपालका अध्यक्ष गोपालसिंह धामीले बेविचार र बेमेलको एकताको भ्रममा नपरौं! भन्दै विज्ञाप्ति जारी गरेपछि कुराको पुस्टि भएको हो ।
यस बिषयमा राष्ट्रिय कर्मचारी महासंघ, नेपालका अध्यक्ष गोपालसिंह धामीले जारी गरेको प्रेस विज्ञाप्तिको पूर्ण बिबरण यस्तो छ – “बेविचार र बेमेलको एकताको भ्रममा नपरौं ! २०७३/१०/१९ गते नेपाल राष्ट्रिय कर्मचारी महासंघ र राष्ट्रिय कर्मचारी महासंघ बिच एकता भेला भनी सामाजिक संजालमा समाचार सम्प्रेषण गरेको पाइयो।
महासंघ स्थापनाको लक्ष्य र उदेश्यबाट विमुख, मूल्य मान्यताबाट बिचलितभई कार्ययोजना, बिचार, पद्धति, अादर्शबाट च्युत भई निहित ब्यक्तिगत स्वार्थका निम्ति अवसरवादी झुण्डहरु बिच हुने भनिएको ए…कताको भ्रममा नपर्न सम्पुर्ण राष्ट्र सेवक देशभक्त, प्रगतिशील, बामपंथी र माअोवादी कर्मचारी मित्रहरूमा हार्दिक अनुरोध गर्दछौं।
त्याग, बलिदान, समर्पणको गर्भबाट जन्मिएर संघर्षको मैदानमा हुर्किरहनुभएका र भ्रमबस नेराकस र राकस भित्र रहनुभएका तमाम ईमान्दार, लगनशील, अादर्शवान, कर्तव्यनिष्ठ नेता, कार्यकर्ता र कर्मचारी मित्रहरुमा जो वैज्ञानिक विचार, सहिनीति बिधि, असल मूल्य मान्यता, वस्तुनिष्ठ कार्ययोजना, प्रभावकारी कार्यान्वयन र सामुहिक नेतृत्व प्रणालीमा विस्वास गर्नुहुन्छ तपाईंहरू सबैमा ध्रुवीकृत हुन र महान ध्रुवीकरण सहितको एकीकरण प्रक्रिया मार्फत राष्ट्रिय कर्मचारी महासंघ, नेपाल संग एकताबद्व हुन हार्दिक अपिल गर्दछौं।
इतिहासले सुम्पेको गहन अभिभारा, महत्त्वपूर्ण भुमिकाबाट बिचलित नहुन र राष्ट्रिय कर्मचारी महासंघ, नेपालमा एकताबद्ध हुन पुनः अाग्रह गर्दछौं।”

प्रतिक्रियाहरु

[anycomment]