माओवादीद्वारा राजधानी मै आन्दोलन चर्काउने उदघोष

२०७३ माघ २१ गते, शुक्रबार

काठमाडौं, २१ माघ । नेकपा (माओवादी)ले आफ्ना नेता तथा कार्यकर्तामाथि प्रहरीले गरेको धरपकड , गिरफ्तारी र हिजोको मन्त्री परिषद बैठकमा गृहमन्त्री विमिलेन्द्र निधिले राखेको जनविरोधी र राष्ट्रघाती षडयन्त्रका विरुद्ध आज विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शन कार्यक्रमलाई माओवादी स्थायी समिति सदस्य सन्तोष बुढाले सम्बोधन गर्दै वर्तमान सरकार बिदेशीको कठपुतलि भएकोले नै राष्ट्रीयताको पक्षधरहरुमाथि धरपकट गरेको ठोकुवा गरे । उनले अहिलेको राजनितिक पार्टीभित्रै देश टुक्राउने तत्वहरु रहेकाले सोहि अनुरुप अघि बढीरहेको भन्दै त्यसलाई कदापि सफल हुन नदिने दाबि गरे । अब माओवादी भुमिगत नहुने स्पष्ठ पादै उनले गाउ , सहर मात्रै नभएर राजधानी नै माओवादीमय भएको भन्दै राष्ट्रियता ,जनजिविका र जनतन्त्रका लागी अब माओवादीले कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने , अबको आन्दोलन काठमाण्डौमा हुन्छ , यहाबाट जनताको अधिकारका लागी जस्तो सुकै सघर्ष गर्न माओवादी तयार छ , सोहि योजनाका साथ पार्टी अगाडी बढेको छ ।

प्रतिक्रियाहरु

[anycomment]