जनगणतान्त्रिक सम्पर्क मञ्चको अध्यक्षमा रत्न मगर

२०७३ माघ २३ गते, आईतवार

काठमाडौं,२३ माघ । नेकपा (माओवादी) निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालको अध्यक्षमा रत्न मगर चयन भएका छन । मञ्चको हालै भएको दोस्रो राष्ट्रिय भेलाले रत्न मगरको नेतृत्वमा ८५ सदस्यीय केन्द्रीय समिति समेत चयन गरेको छ । भेलाले बरिष्ट उपाध्यक्षमा सुरेश अधिकारी, उपाध्यक्षमा उमा गुरुङ र उद्धब पौडेल, महासचिवमा हिरा शाही, सचिवमा पूर्ण श्रेष्ठ र दुर्गा अधिकारी रहेका छन् भने कोषाध्यक्षमा अर्जुन कटुवाललाई चयन गरेको छ ।
त्यसैगरी १५ सदस्यीय सल्लाहकार समिति रहेको छ । सल्लाहकार समिति संयोजकमा मकर गुरुङ रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी)का विप्लव रहेका थिए भने माओवादीका केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढा मगरले नव निर्वाचित समितिलाई प्रशिक्षणात्मक निर्देशन एबम् शुभकामना तथा बधाई दिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]