‘माओवादीको महाधवेशनलाई प्रभावित पार्न खोजिदैछ ‘

काठमाडौं, २४ माघ । नेकपा (माओवादी) कर्णाली ब्यूरोका इन्चार्ज एटम बिसीले सरकार माओवादीको महाधवेशनलाई प्रभावित पार्ने गरी धरपकडमा उत्रेको भन्दै आपत्ति जनाएका छन । उनले सकारले न्युनतम प्रचार प्रसारमा पनि रोक लगाएको र झुट्टा मुद्धा, जालझेल र षड्यन्त्र गरिरहेको तमाम
प्रमाणहरु आफ्नो पार्टीसंग भएको ठोकुवा समेत गरेका छन । इन्चार्ज बिसीले दैलेख जिल्ला पार्टी सदस्य . भिमबहादुर नेपाली र चन्द्रबहादुर बुढालाई बिनाकारण गिरप्तार गरिएकोप्रति घोर भत्र्सना गर्दै यथाशिर्घ रिहाइको जोडदार मागसमेत गरेका छन । यशयमा उनले जारी गरेको प्रेस विज्ञाप्ति यस प्रकार रहेको छ – “राष्ट्रघाती, दलालीकरण, भ्रष्टीकरण, कमीशनखोरीविरुद्ध हाम्रो पार्टी स्थापनाकालदेखि नै संघर्षरत्छ । यतिमात्र हैन, नेपाली क्रान्तिको अपुरो कार्यभार पुरा गर्दै राष्ट र जनताको पूर्ण मुक्ति नहुञ्जेलसम्म संघर्षरत रहने कुरा पुनः दोहो-याउन चाहान्छौं । हामी यतिबेला आठौं महाधिवेशनको तयारीमा तिव्रताका साथ लागिरहेका छौं । कथित लोकतान्त्रिक शासन व्यवस्थाले मौलिक अधिकारको पनि प्रयोग गर्न दिइरहेको छैन । महाधवेशनलाई प्रभावित पार्ने गरी राज्य देशभर धरपकडमा उत्रेको छ । न्युनतम प्रचार प्रसारमा पनि रोक लगाइरहेको छ । झुट्टा मुद्धा, जालझेल र षड्यन्त्र गरिरहेको तमाम
प्रमाणहरु छन्। दैलेख जिल्लामा हाम्रो पार्टीको बढ्दो प्रभावका कारण अत्तालिएको राज्य प्रशासन, केही प्रतिक्रियावादी, संशोधनवादी दलालहरुले षड्यन्त्रमुलक ढंगले दैलेख जिल्ला पार्टी सदस्य क. भिमबहादुर नेपाली र चन्द्रबहाद्ुर बुढालाई बिनाकारण गिरप्तार गरिएकोप्रति हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । साथै निर्दोष कमरेडहरुको यथाशिर्घ रिहाइको जोडदार माग गर्दछ । दमन, षड्यन्त्रले प्रतिबाद र विद्रोह जन्माउँछ भन्ने कुरा राज्यप्रशासनले हेक्का राखे हुन्छ ।
निर्दोष कमरेडहरुलाइ यदि छिट्टै रिहा गरिएन भने हामी कडा संघर्षमा उत्रने छौं । उक्त संघर्षबाट उत्पन्न हुने परिस्थितिको जिम्मेदार सम्बन्धित पक्ष रहने यसै विज्ञप्तिमार्फत सार्वजनिक गर्न चाहान्छौं ।”