‘ विचार र व्यवहार मिल्नुपर्छ’

२०७३ माघ २७ गते, बिहीबार

काठमाडौँ , २७ माघ। नेकपा (माओवादी)का प्रबक्ता प्रकाण्डले फागुन १ हुनेबाट सुरु हुने महाधिवेशनको तयारी अन्तिम चरण पुगेको बताएका छन् । आज काठमाडौँमा पत्रकारसँग भएको भेटघाट कार्यक्रममा प्रबक्ता प्रकाण्डले विचार र व्यवहार मिलेमात्र क्रान्ति हुने बताउँदै आफ्नो पार्टीले विचार निर्माण गर्न लागेको धारणा राखे ।
‘कम्युनिष्ट पार्टी भनेको सर्वहारा वर्गको पार्टी हो, यसको विचार र व्यवहार मिल्नुपर्छ’ प्रकाण्डले भने । उनले आफ्नो पार्टीले महाधिवेशनबाट नयाँ विचार सश्लेषण गर्ने र त्यसलाई लागु गरेर नेपालमा क्रान्ति सम्पन्न गर्ने बताए ।
कार्यक्रममा प्रबक्ता प्रकाण्डले नेपाली क्रान्ति र विश्व क्रान्तिलाई पूरा गर्न दर्शन, समाज विज्ञान र राजनीतिक अर्थशास्त्रको क्षेत्रमा नयाँ बहस अगाडि सारेको बताए । ‘केही नयाँ बहसलाई अगाडि सारको छौँ, त्यसलाई महाधिवेशनले विचारको तहमा सश्लेषण गर्छ’ प्रकाण्डले भने ।
एक प्रसंगमा प्रबक्ता प्रकाण्डले केही मिडियाले योजनावद्ध रुपमा जनताको विरुद्धमा लागेको बताउँदै आवश्यक परे त्यस्तो मिडियाहरुलाई सार्वजनिक गर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]