आज २२ औं जनयुद्ध दिवस

काठमाण्डौं, १ फागुन । आज २२ औं माओवादी जनयुद्ध दिवस । माओवादी पार्टीहरुले विभिन्न कार्यक्रम गरी मनाउदै छ । २०५२ सालमा आजकै दिन माओवादीले रोल्पाको होलेरी, रुकुमको राडी र सिन्धुलीको गडीमा प्रहरी चौकीमा आक्रमण गरी जनयुद्धको घोषणा गरेको थियो । नेकपा (माओवादी)ले जनयुद्ध दिवसकै अवसर पारेर आज खुल्लामञ्चमा ८ औं महाधिवेशनको उद्घाटन गर्दैछ । जनयुद्धमा १७ हजार मानिसको ज्यान गएको थियो । त्यसै गरी माओवादी सेना विघटन भएको छ भने करीब १५ सय जति नेपाली सेनामा समायोजन गरिएको छ ।