माओवादीका शीर्ष नेता जुलुसमा

२०७३ फाल्गुन १ गते, आईतवार

काठमाण्डौं । आज २२ औं जनयुद्ध दिवस । यहि अवसर पारेर नेकपा माओवादीले आठौं महाधिबेशन सुरु गर्न लागेको छ । महाधिबेशन उदघाटन पूर्वको र्यालीमा माओवादीका महासचिव विप्लवसहित सबै शीर्ष नेतृत्वले गर्ने बताइएकोछ । आज दिउसो १२ बजेपछि शुरु हुने र्याली मध्य त्रिपुरेस्वर- कालीमाटी हुदै आउने र्यालीको नेतृत्व महासचिव विप्लव र प्रकाण्डले गर्ने भएको महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ । यसैगरी धर्मेन्द्र बास्तोलाले बबरमहलबाट शुरु हुने र्यालीको नेतृत्व गर्ने पार्टी प्रवक्ता प्रकाण्डले जानकारी दिए । लैनचौर, बालाजु, कालीमाटी, कोटेश्वर , लगनखेल, बबरमहल सहित आधा दर्जन ठाउँबाट देशभर देशभरबाट आएका कार्यकर्ता समेत सामेल भएर र्याली निकालीने उनले बताए ।

प्रतिक्रियाहरु

[anycomment]