‘जनयुद्धको सपना पूरा गरेरै छाड्छौ ‘

२०७३ फाल्गुन १ गते, आईतवार

काठमाडाैँ, १ फागुन । नेकपा माओवादीका महासचिव विप्लवले जनयुद्धको सपना पूरा गरेरै छाड्ने ठोकुवा गरेका छन । नेकपा (माओवादी)को आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । महासचिव विप्लवले माओवादी जनताको पक्षमा बलिदान गरेको र ईतिहास बोकेको पार्टी भएको भन्दै कसैले पराजीत गर्न नसक्ने दाबि गरे । काठमाडाैँको खुल्लामञ्चमा शक्ति प्रदर्शन सहित भएको पार्टीको उद्घाटन समारोहमा बोल्दै उनले साम्राज्यावादीहरुसगँ लड्न पछि नपर्ने एक मात्र पार्टी आफुहरुको भएको भन्दै माओवादीलाई अपराधी घोषित गरेर सिध्याउने षड्यन्त्र सफल हुन नदिने ठोकुवा गरे । उनले माओवादी हारेर आएको पार्टी नभई ईतिहास बोकेको पार्टी भएकाले देश बेच्ने, नदीनाला बेच्नेहरुले जेल हाल्ने हल्ला चलाएको भन्दै माओवादीलाई हराएर देखाउन चूनौती दिए ।
महासचिव विप्लवले युवाहरु विदेशमा गएर पीडा भोगीरहनु परेको भन्दै नेपाली युवालाई भेडाबाख्रा जस्तो व्यवहार विदेशी भूमिमा भईरहेको भन्दै अब युवाहरुले खाडीमा हैन देशमा लड्ने बेला आएको बताए । उनले पार्टीले दलाल अर्थतन्त्रको अन्त्य गरी राष्ट्रिय पूजिपति वर्गलाई स्वदेशमै कलकारखाना सञ्चालन गर्ने वातावरण बनाउने आफूहरुको नीति रहेको बताए । यस्तै जनजाति र मधेशी समुदायलाई सवोधन गर्दै उनले अहिलेको संघीयता नाराको मात्र भएकाले वास्तविक अधिकार र शोषित जनको मुक्ति विनाको संघीयता काम नलाग्ने बताए ।
सभालाई महासचिव विप्लव लगायतका शिर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]