नेपाल बन्दका कारण जनजीवन प्रभावित

२०७३ फाल्गुन २८ गते, शनिबार

काठमाडौ २८ फागुन । नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण उपत्यकासहित देशैभरको जनजीवन बिहानैबाट प्रभावित भएको छ ।
बन्दका कारण बिहानैबाट सवारी साधन सन्चालनमा आउन सकेका छैनन् । यसैबीच काठमाण्डौका बिभिन्न स्थानबाट चारजना बन्दकर्ता पक्राउ परेका छन् । गोंगबुबाट दुई जना र कलङकीबाट दुई जना पक्राउ परेको बताइएको छ । कन्चनपूरको पुनरवासमा निर्माण गरिएको कल्र्भटका बिषयमा गत बुधबार भारतीय पक्षसंग विवाद हुँदा एसएसबीले चलाएको गोली लागि स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो ।
यसैगरी, नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका क्रममा आज बिहान प्रहरीले पोखराबाट कास्की जिल्ला जनसरकार प्रमुख लगायत १० जना कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । बन्द गराउन हिंडिरहेका बेला उनीहरुलाई पोखराको पृथ्वीचोक (लखनचोक)बाट ६ जना र लेखनाथ नगरपालिकाको पावरहाउसबाट चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले नेपाल कम्युनिस्ट पार्टीले गठन गरेको जनसरकार प्रमुख जगन तिवारी ‘जगन बा’, अखिल नेपाल श्रमिक मजदूर संघका केन्द्रीय सचिव राजु भुजेलसहित अमृत सापकोटा, सुरज गुरुङ, तिलबहादुर रेग्मी र रामचन्द्र ढ्ंगानालाई गिरफ्तार गरेको छ। उनीहरुलाई रहेका छन् । वडा प्रहरी कार्यालय बैदाम पोखरामा राखिएको छ ।
त्यसैगरी लेखनाथको पावरहाउसबाट कुमार, दिव्य गोगै तमु, रामजी बराललाई गिरफ्तार गरी डाँडाको नाक प्रहरीचौकीमा राखेको छ । पोखरामा अत्यावशकीय सवारी साधन बाहेक यातायात,बजार,शैक्षिक संस्थालगायत सम्पूर्ण बजार बन्द छ ।

प्रतिक्रियाहरु

[anycomment]