नेकपाका दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ

२०७३ फाल्गुन २८ गते, शनिबार

काठमाण्डौ , २८ फागुन । प्रहरीले देशभरवाट नेपाल कम्युनिष्ट पार्टीका दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । यसैक्रममा काठमाण्डौमा बन्द सफल बनाउन जुलुस सहित सडकमा निस्किएका जनगणतान्त्रिक मन्चका वरिष्ठ उपाध्यक्ष सुरेश अधिकारी सहित ११ जनालाई प्रहरीले रत्नपार्कबाट पक्राउ गरेको बताइएको छ ।
पक्राउ पर्नेहरुमा मन्चका केन्द्रिय उपाध्यक्ष उद्धव पौडेल , महासचिव हिरा पहाडि , सचिव पूर्ण श्रेष्ठ , अर्जुन कटुवाल , सर्लाहि काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मन्चका अध्यक्ष पदम मगर , झनक श्रेष्ट , ओखखलढुगा काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मन्चका सचिव हरि श्रेष्ठ ,सदस्य तीलबहादुर बुढाथोकि , काभ्रे काठमाण्डौ जनगणतान्त्रिक सम्पर्क मन्चका सचिव नकुल चौलागाई , रामेछाप काठमाडौ जनगणतन्त्रीक सम्पर्क मन्चका सचिव रुपक श्रेष्ठ रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]