प्रहरीको ज्यादती

काठमाण्डौ , २८ फागुन । नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुर हत्याको विरोधमा आज गरेको नेपाल बन्दमा प्रहरीले ब्यापक दमन गरेको छ । प्रहरीले शान्तिपूर्ण ढंगले बन्दको आव्हान गर्दै हिडेका नेकपाका दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । यसैक्रममा काठमाडौँको रत्नपार्कबाट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालका अध्यक्ष रत्न मगरसहित करिब एक दर्जन कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सचिव दुर्गा अधिकारी, छेवाङ लामा,घनश्याम गौतम, भीम घिमिरे,नारायण थापा, प्रमेश्वर जोशी, प्रदीप फुँयाल रहेका छन् ।
यसैगरी , प्रहरीले जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय उपाध्यक्ष उमा गुरुङसहित दश जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा निमा शेर्पा , बिश्व खत्री , दिलिप थापा , बिर बहादुर सुस्लिङ्ग , बलबीर नेपालि, दिपक पोखरेल , ज्ञान खड्का लगायत रहेका छन ।