भट्टराई भारत जाँदै

२०७३ चैत्र १ गते, मंगलवार

काठमाडौं, १ चैत । पूर्व प्रधानमन्त्री एबं नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराई आज भारत जादै छन । उनि भारतमा विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ । भट्टराई आज दिउँसो ३ः३० बजे नयाँदिल्ली प्रस्थान गर्न लागेको बताइएको छ । नयाँदिल्लीमा रहँदा भट्टराईले इण्डिया फाउन्डेसनले आयोजना गरेको ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा १५ मार्चमा सम्बोधन गर्ने छन् । उनले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने जनाइएको छ ।
त्यस्तै १९ मार्चमा भट्टराईले नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरूसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सहभागी हुने छन् । २० मार्चमा नयाँ शक्ति पार्टीको आयोजनामा हुने दिल्लीमा रहेका नेपालीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्ने जनाइएको छ । दिल्लीमा रहँदा भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवाहरूसँग पनि संयोजक भट्टराई भेटघाट गर्ने विज्ञप्तिमा जनाइएको छ । भेटघाट सकेर संयोजक भट्टराई २१ मार्चमा नेपाल फर्कने छन् ।

प्रतिक्रियाहरु

[anycomment]