प्रचण्डका सुरक्षा गार्ड नेकपामा प्रबेश

काठमाडौं, १७ चैत । पूर्वजनमुक्ति सेनाका कमाण्डर तथा गोर्खा याक्सन मार्सल आर्टका अन्तर्राष्ट्रिय महासचिव सोम राई ‘सुदर्शन’ सहित आधा दर्जन खेलाडी तथा नेताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । सुदर्शन जनयुद्धको समयमा र शान्ति प्रक्रियापछि पनि प्रचण्डको सुरक्षा गार्ड रहेका थिए । प्रचण्डमा बिचलन आएसङ्गै मात्रिका यादवले नेतृत्वको माओवादीमा प्रबेश गरेर पूर्वी नेपालको कमाण्ड समाल्दै आएका थिए। गतबुधबार सुदर्शनसहित इन्द्र तामाङ, प्रसिद्ध तामाङ, सैजाद खान, ताज आलम र पूर्ण गुरुङले नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन् ।
सुदर्शनले नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशाले मात्र नेपालका दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने भएकाले आफूहरु प्रवेश गरेको बताएका छन् । ‘प्रचण्ड–बाबुरामले दिएको धाका र गद्दारीका कारण माओवादी पार्टीमा देखा परेको विभाजन र विघटनको क्रममा मातृका यादवको नेतृत्वमा विद्रोह गरी धनकुटा हुँदै पूर्वी नेपालमा माओवादी पार्टीको पुर्नगठन अभियानमै रहँदा मात्रिका यादव समेत विचलन देखापरी पार्टीभित्र आवश्यक छलफलनै नगरी प्रचण्डको आत्मसमर्पणवादी धारमा पलायन भएपछि हामी स्वतन्त्र रहयौँ’ उनीहरुले जारी गरेको विज्ञेप्तीमा भनिएको छ । उनीहरूद्धारा जारी विज्ञेप्तीमा – ‘कमरेड विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नेपालमा विद्यमान दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने आजको उत्तम विकल्प रहेको निष्कर्षसहति हामी आजैको मितिदेखि नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकृत भएका छौँ’ ” भनिएको छ ।