‘स्थानीय निर्वाचनले प्रतिक्रान्ति निम्ताउछ’

२०७३ चैत्र २१ गते, सोमबार

काठमाडौं, २१ चैत । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले स्थानीय निर्वाचनले देशमा प्रतिक्रान्ति निम्ताउने बताएका छन । उनले अहिले निर्वाचन आवश्यक नभएको ठोकुवा गर्दै स्थानीय निर्वाचन जनताको पक्षमा नभएको र जवरजस्त निर्वाचन गर्न खोजीए जनताको सहभागिता र सर्मथनमा सशक्त प्रतिकार हुने बताए । क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता प्रकाण्डले सो कुरा बताएका हुन् । उनले देश र जनताको हित विपरित गर्न लागिएको स्थानीय निर्वाचन खारेज गर्नुपर्छ भन्ने जनताको आवाजलाई नसुने र नमाने गम्भीर अवस्था आउन सक्ने चेतावनी दिए । जनता र देशको हितमा स्थानीय निर्वाचन छ भनेर राजनीतक रुपले प्रमाणित गरेर देखाउन कांग्रेस , एमाले र माओवादी केन्द्रलाई चेतावनी समेत दिए ।
प्रवक्ता प्रकाण्डले स्थानीय निर्वाचनले देशमा द्वन्द्व निम्ताउने जिकिर गर्दै अहिले निर्वाचन गर्नु तीन दलको मुर्खता भएको ठोकुवा गर्दै कांगे्रस, एमाले र माओवादी केन्द्रको आलोचना गरे । उनले राज्य सञ्चालकहरुले राष्ट्रघात गरेको दावी गर्दै देश र जनताको मुक्तिका लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुको विकल्प नभएको ठोकुवा गरे । उनले जनतको राजनीतिक र सांस्कृतिक अधिकारका लागि स्थानीय तहदेखि केन्द्रिय तहसम्म जनसत्ता स्थापना गरिने बताए ।

प्रतिक्रियाहरु

[anycomment]