वैद्यको बिजोग , पार्टी नियन्त्रण बाहिर

काठमाडौँ, २६ चैत । नेकपा (क्रान्तिकारी माओवादी)का सिंगो जिल्ला कमिटीहरु नै एकअर्को गर्दै अन्य पार्टीमा गाभिन गएपछि बिजोगको स्थिति सिर्जना भएको छ । हालै सम्पन्न केन्द्रिय समितिको बैठकमा अध्यक्ष मोहन वैद्य किरणले गलत निर्णय गरेर सिङ्गो क्रान्ति र पार्टीमा समेत अपुरणीय क्षति पुर्याएको भन्दै पार्टीका जिल्ला कमिटीहरु केन्द्रको नियन्त्रणभन्दा बाहिर गएका छन् । जिल्ला कमिटीहरुले आफू खुशी निर्णय गर्दै माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीमा एकता गरिरहेका छन् ।
रुकुम, धादिङका सिंगो जिल्ला कमिटि नै माओवादी केन्द्रमा गाभिएका छन् भने धनकुटा जिल्ला पार्टी नेकपामा समाहित भएको छ । त्यसैगरी अछाम जिल्लाका प्राय सबै नेताहरु माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् । केही दिनअघि मात्र कर्णाली इन्चार्जसहित ठूलो नेता–कार्यकर्ताको संख्या माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
दोस्रो संविधान सभाको चुनाव बहिस्कार गरेको क्रान्तिकारी माओवादीले स्थानीय चुनावलाई ‘क्रान्तिकारी उपयोग’ भन्दै भाग लिने निर्णय गरिसकेको छ । तर, पनि नेता–कार्यकर्ता आफू खुशी पूरै कमिटी नै गाभिरहेका छन् ।
सप्तरी, सिराहा, इमाल, भोजपुर, सर्लाहीलगायत एक दर्जन जिल्ला कमिटीले नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने गरी छलफल भइरहेको बताइएछ । दुबै पार्टीका स्थानीय नेताहरुले छलफललाई अगाडि बढाएको बुझिएको छ ।