वैद्य माओवादी विघटनको संघारमा

काठमाडौँ, २७ चैत । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) माओवादी गलत नीतिका कारण विघटनको संघारमा पुगेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकबाट पार्टीले गलत निर्णय लिएको र चुनाव नै लड्ने भए फरक–फरक पार्टी किन राख्ने भन्दै नेता तथा कार्यकर्ताहरु लाखापाखा लाग्न थालेपछि सो पार्टी विघटनको संघारमा पुगेको हो । यसै क्रममा वैद्य माओवादीका केही जिल्लाका पूरै जिल्ला कमिटी नेकपा माओवादी केन्द्रमा समाहित हुन पुगेका छन् भने सो पार्टीका क्रान्तिकारी नेता तथा कार्यकर्ताहरु सिङ्गो जिल्ला कमिटीसहित नेकपामा समाहित हुने क्रम तीव्र रुपमा चलेको छ । वैद्य माओवादीमा यसरी पहिरो जानुमा पार्टीको गलत निर्णय नै कारक रहेको एक केन्द्रीय सदस्यले बताए । नेपालमा क्रान्तिको झण्डा उठाइरहेको व्यक्तिको रुपमा स्थापित मोहन वैद्य किरणले पछिल्लो समयमा गरेको गलत निर्णयले सिङ्गो क्रान्ति र पार्टीमा समेत अपुरणीय क्षति पुगेको ती नेताले बताए । आपूmलाई क्रान्तिकारी पार्टी बताउने र व्यवहारमा संसदीय फोहोरी खेलमा हाम फाल्ने नीतिले सिङ्गो पार्टी नै विघटनको दिशातिर उन्मुख भएकोमा ती नेताले चिन्तासमेत जाहेर गरे । यसरी पार्टीले गलत निर्णय लिएपछि अहिले वैद्य माओवादीका संसद्वाद रोज्ने नेताहरु नेकपा माओवादी केन्द्रमा समाहित हुन थालेका छन् भने सो पार्टीभित्रका क्रान्तिकारी नेता तथा कार्यकर्ताहरु सिङ्गो जिल्ला कमिटीसहित नेकपामा समाहित हुन थालेका छन् ।
यसैक्रममा नेकपा (क्रान्तिकारी) माओवादी धादिङ, अछाम, रुकुम जिल्ला कमिटीका सेक्रेटरीसहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने धनकुटा जिल्लाका नेता–कार्यकर्ताहरु नेकपामा समाहित भएका छन् । नेकपा धनकुटाका जिल्ला इन्चार्ज आकाश शर्मा र क्रान्तिकारी माओवादीका लिम्बुवान राज्य समिति सदस्य राजेन्द्र बस्नेतले संयुक्त विज्ञप्ति जारी गरेर दुई पार्टीबीच ध्रुविकरण भएको बताएका छन् । क्रान्तिकारी माओवादीका राज्य समिति सदस्यहरु राजेन्द्र बस्नेत, आलोक श्रेष्ठ र विशाल मगर तथा जिल्ला सदस्यहरु वविता कुँवर, राधिका लिम्बू, हिक्मत शाक्य, लोकेन गुरुङ, फत्त तामाङ, घनेन्द्र महरा, प्रतिक शेर्पा, मनिष विक, सुमन राई, छत्र तामाङ र राजन कार्कीलगायत नेकपामा आएका छन् ।
यस विषयमा नेकपा धनकुटाका जिल्ला इन्चार्ज आकाश शर्मा र क्रान्तिकारी माओवादीका लिम्बुवान राज्य समिति सदस्य राजेन्द्र बस्नेतद्वारा विज्ञप्तिमा भनिएको छ– ‘संविधान सभाको कथित दोश्रो निर्वाचनलाई पनि हामीले बहिष्कार ग¥यौँ, त्यही संविधानसभाबाट निर्मित संंविधानको कार्यान्वयनको सवालमा हुन गइरहेको स्थानीय निकायको विपरित उभिन जरुरी छ । स्थानीय निकायको निर्वाचन दलाल संसदीय व्यवस्थाको संस्थागत गर्ने आधार हो ।’ नेपाली कम्युनिष्ट आन्दोलन श्रमजीवि जनताको उन्मुक्तिका खातिर अगाडि बढिरहेको जनाउँदै उक्त विज्ञप्तिमा भनिएको छ– ‘राजनीतिक दहरुबीचको वैचारिक विमतिका कारण क्रान्तिकारी शक्तिहरुबीच विघटन र विभाजन हुँदा नेपाली जनता निराशामा छन् । नेपालमा देशभक्त, प्रगतिशील, जनतान्त्रिक, बामपन्थी, उत्पीडितहरुको बीचमा एकता, सहकार्य र ध्रुविकरण हुन आवश्यक छ, हामी एकतामा विश्वास गर्दछौ ।’
अहिले फरक–फरक पार्टीमा रहेका बैद्य र नेकपामा नेता–कार्यकर्ताहरुले दुई पार्टीबीचको एकता हुनुपर्नेमा जोड दिँदै आफ्नो असन्तुष्टि पार्टी नेतृत्वमा जनाएको स्रोतबाट खुल्न आएको छ । पछिल्लो चरणमा बैद्यका धेरै नेताहरुले पार्टीसमेत छाडेका छन् भने केही जिम्मेवारी नलिएर बसेका छन् । पहिले स्थानीय निकायको निर्वाचनमा भाग नलिने बताएको क्रान्तिकारी माओवादीले हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट मोर्चाको नाममा निर्वाचनमा भाग लिने निर्णय गरेपछि बैद्य माओवादी भित्र केन्द्रदेखि जिल्ला स्तरका नेताहरु पार्टीबाट बाहिरिने क्रम चलेको देखिन्छ ।– क्षेप्यास्त्र साप्ताहिकवाट