बैद्य माओवादीको अरण्य रोदन

२०७३ चैत्र २८ गते, सोमबार

काठमाडौं , २८ चैत । नेकपा (क्रान्तिकारी माओवादी) को संगठन भताभुङ्ग हुन् थालेपछि अरण्य रोदन सुरु भएको छ । क्रान्तिकारी माओवादीको गलत नीतिका कारण सिंगो जिल्ला कमिटीहरु नै थाम्नै नसकिने गरि नेकपा र नेकपा माओवादी केन्द्रमा समाहित हुन थालेपछि अरण्य रोदन सुरु भएको हो । रुकुम, धादिङका सिंगो जिल्ला कमिटि नै माओवादी केन्द्रमा गाभिएका छन् भने धनकुटा जिल्ला पार्टी नेकपामा समाहित भएको छ । त्यसैगरी अछाम जिल्लाका प्राय सबै नेताहरु माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् । केही दिनअघि मात्र कर्णाली इन्चार्जसहित ठूलो नेता–कार्यकर्ताको संख्या माओवादी केन्द्रमा प्रवेश गरि सकेका छन । यसरी सिंगो जिल्ला कमिटि नै नेकपा र नेकपा माओवादी केन्द्रमा समाहित हुन थालेपछि उसले नेकपा र नेकपा माओवादी केन्द्रलाई धारे हात लगाएर सराप्न सुरु गरेको पाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]