प्रचण्ड अस्वस्थ

२०७४ बैशाख २ गते, शनिबार

काठमाडौं,२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार धपेडी र मौसममा आएको परिवर्तनका कारण प्रधानमन्त्री दाहाल अस्वस्थ भएका हुन् । उनको अस्वस्थताको कारण आज सिन्धुपाल्चोकमा हुने भनिएको राजनीतिक भेलासमेत प्रभावित भएको छ । प्रधानमन्त्री दाहाल विशेष राजनीतिक प्रशिक्षणका लागि सिन्धुपाल्चोक जाने तयारी रहेको थियो । तर, प्रधानमन्त्री दाहाल अस्वस्थ भएपछि सिन्धुपाल्चोकको कार्यकक्रसमेत स्थगित भएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री दाहालले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]