निर्वाचन बहिष्कार अभियानमा प्रहरी हस्तक्षेप

काठमाडौं,२ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले गरेको निर्वाचन बहिष्कार अभियानमा प्रहरी हस्तक्षेप गरेको छ । aaj काठमाडौंको सतुङगलमा आयोजना गरेको शान्तिपूर्ण निर्वाचन खारेज अभियानमा प्रहरीले हस्तक्षेप गरेको हो । कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले सतुङगल चोकमा शान्तिपूर्ण तवरले निर्वाचनमा बहिष्कार गर्न अपिल गरिरहेको बेला प्रहरीले बल प्रयोग गरेर कम्युनिस्ट पार्टीको कार्यक्रममा हस्तक्षेप गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन खारेज अभियानमा देशकव्यापी रुपमा तीव्रतमा लगेपछि संसदवादीहरु अत्तालिएको उक्त पार्टीले जनाएको छ ।