नेकपाले स्थानीय निकायका बोर्ड फाल्यो

२०७४ बैशाख १५ गते, शुक्रबार

काठमाडौं, १५ वैशाख । नेपाल कम्युनिस्ट पार्टी चितवनले स्थानीय निकायहरु कब्जामा लिएको बताएको छ । उसले एकै रातमा सबै स्थानीय निकायका बोर्डहरु फालेको र महानगर,नगर र गाउँपालिकाका साथै सबै वडाका साइनबोर्डको ठाउँमा जनपरिषद् लेखेको बताईएको छ । चितवनका १ महानगरपालिका,६ नगरपालिका र १ गाउँपालिकाका साथै सबै वडा कार्यालयका बोर्ड फालेर ‘जनपरिषद्’ लेखिएको छ । चुनाव खारेजी अभियानको क्रममा बिहीबार राति ९ः४५ बजे जिल्लाका सबै साइनबोर्ड एकैसाथ फालेको नेपाल कम्युनिस्ट पार्टी चितवनले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]