नेकपाद्वारा जनसरकारको कार्यालय स्थापनामा तिब्रता

२०७४ बैशाख १७ गते, आईतवार

काठमाडौं, १७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी झापाले दर्जन गाउँपालिकाहरुमा आक्रमण गरि गाउँपालिकाको बोर्डहरु फालेर स्थानीय जनसरकारको कार्यालय स्थापना गरेको जनाएको छ । सो पार्टीका मेची ब्युरो प्रवक्ताले आफुहरुले गरिरहेको स्थानीय जनसत्ताको निर्वाचनमा हजारौं जनाताहरु प्रत्यक्ष सहभागी हाम्रा जनप्रतिनिधिहरुलाई चयन गर्न सफल भएको अझै अन्य स्थानमा स्थानीय जनपरिषद्को कार्यलय स्थापना गर्ने बताएका छन् ।
त्यसैगरी मकवानपुरमा एकै दिनमा गाउँपालिकाहरुमा आक्रमण गरि सबै गाउँपालिकाहरुको कार्यलयको बोर्डहरु फालेर स्थानीय जनपरीषद लेखिएको साइन बोर्ड कार्यालय राखेको मकवानपुर जिल्ला सेक्रेटरी ज्वालाले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवाद स्थापना गर्ने भन्दै सबै पार्टीका उम्मेदारहरुलाई चेतावनी दिएको छ । केहि दिन अघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ ले स्थानीय ुनिर्वाचन खारेज गरि छाड्ने बताएका थिए । पार्टीको निर्देशन अनुसार देशब्यापी चुनाव खारेजी अभियान चलाउदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]