प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता

काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन । उनीविरुद्ध आज दिउँसो संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रधानन्यायधीश कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा नेपाली कांग्रेसका १८९ र माअोवादी केन्द्रका ६० जना सांसद ले हस्ताक्षर गरेका छन् । नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको यो पहिलो घटना हो । महाअभियोग प्रस्ताव दर्तासँगै उनी निलम्बनमा परेकी छन् । प्रधानन्यायाधीश कार्की आउँदो जेठ २४ गते अनिवार्य सेवानिवृत्त हुँदै थिइन् । प्रहरी महानिरीक्षक नियुक्तिको विवादलाई लिएर अदालतमा परेको मुद्दामा आदेश गर्दा कार्यकारीको अधिकारमाथि हस्तक्षेप गरेको प्रमुख आरोप उनीमाथि लगाइएको छ ।