नेकपाप्रति षडयन्त्र गरे भौतिक कारबाही

काठमाडौं, १७ वैशाख । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले पार्टीको नक्कली नाम र लेटेर प्याड प्रयोग गरि वडा सदस्य देखि गा.पा/न.पा प्रमुख सङ्ग ३(तीन)लाख देखि ८(आठ ) सम्म माग गर्नुका साथै नदिएमा भौतिक कार्वाही सम्म गर्ने धाक धम्की दिइ घर घरमा गइ सुचना टास गर्ने,आतंकित पार्ने घटना प्रती गम्भीर ध्यानाकर्षण भएको छ। उसले यस्तो हर्कत गर्नेहरुलाई भौतिक कार्वाही समेत गर्न बाध्य हुने समेत बताएको छ ।
यस बिषयमा राप्ती ब्यूरो इन्चार्ज सुवासद्वारा जारी प्रेस बिज्ञप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ – ” यतिबेला मुलुक संसदिय दलालतन्त्रको दुष्ट दारा-नङ्ग्राले गिजोलेर थिलो थिलो भएको छ। जनपिरा र राष्ट्रमारा संसदिय फोहरी खेलको अर्को शृङ्खलाका रुपमा जनचाहना बिपरित जबर्जस्ती “कथित स्थानीय चुनाव”को नौटङ्कीपुर्ण नाटक मञ्चन गर्न खोजिदै छ। बन्दुक र संसदवादीहरुको आउरे,बाउरे भरौटेहरुको आडमा घोषणा गरिएको कथित स्थानीय चुनावको खारेजीका लागि जनताले स्वस्फूर्त “जनताको स्थानीय सत्ताको निर्माण तथा घोषणा”गर्दै आइरहेको सबैमा जगजाहेर नै छ। विभिन्न तह तप्काका आदरणीय न्यायप्रेमी जनसमुदायको अपार र अभुतपुर्व सकृय सहभागिता,साथ र समर्थनले हाम्रो पार्टीको केन्द्रिय “नीति निर्णय र कार्यक्रम” अनुसार राप्ती क्षेत्रमा पनि चुनाव खारेज अभियान घनिभुत हुँदै गैरहेकोछ। जनताको जनचाहना “बैज्ञानिक समाजवाद” स्थापनाको मार्ग झन झन बृहत् र सुस्पष्ट हुँदै गैरहेको छ। यस्ले नै नेपाल कम्युनिस्ट पार्टीको लोकप्रियता र जनसम्बन्ध प्रष्ट पार्छ। हाम्रो पार्टीको त्याग,तपस्या,समर्पण र बलिदानको उच्च राजनीति चेतना ब्यवहारले दिनानुदिन बढ्दै गैरहेको जनसम्बन्ध र लोकप्रियता देखि अत्तालिएर केही अराजनैतिक,अपराधिक ब्यक्ती तथा गिरोहले पार्टीको बद्नाम बद्ख्वाइ र कत्लेआम गर्ने सुनियोजित षड्यन्त्र गर्दै कहि कतै हुँदै नभएको मध्य कमान्ड जनसरकारको नाममा आदरणीय पार्टी प्रबक्ता क.प्रकाण्डको नाम बेच्दै रुकुममा कथित स्थानिय चुनावका उम्मेदवारबाट नेपाल कम्युनिस्ट पार्टीको नक्कली नाम र लेटेर प्याड प्रयोग गरि वडा सदस्य देखि गा.पा/न.पा प्रमुख सङ्ग ३(तीन)लाख देखि ८(आठ ) सम्म माग गर्नुका साथै नदिएमा भौतिक कार्वाही सम्म गर्ने धाक धम्की दिइ घर घरमा गइ सुचना टास गर्ने,आतंकित पार्ने घटना प्रती नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल कम्युनिस्ट पार्टी र यस्का नेताहरू प्रती भएका र हुने षड्यन्त्रको व्यापक भण्डाफोर गर्न यो बिज्ञप्ति जारी गरिएको छ।
१.कथित स्थानीय चुनावका उम्मेदवार सङ्ग चन्दा त के तिन्को हातको पानी सम्म नलिने स्पष्ट पार्दछौ।साथै नेपाल कम्युनिस्ट पार्टीको र यस्का शिर्ष नेतृत्वको बद्नाम,बख्वाइ र कत्लेआम गर्ने गरि गरिएको सुनियोजित षड्यन्त्र घोर भत्सर्ना गर्दछौ।
२.नेपाल कम्युनिस्ट पार्टी र यस्को नेतृत्वको नाममा यस्ता अपराधीक र गैरराजनीतिक हर्कत नगर्न संसदवादी गिरोहलाइ चेतावनी दिन्छौ । अन्यथा हामी हाम्रो पार्टी र नेतृत्वको रक्षाको लागि भौतिक कार्वाही समेत गर्न बाध्य हुनेछौ।
३.पानी धमिलो बनाइ माछा मार्न खोज्ने , मुलुकलाइ बर्बादी तिर धकल्ने, संसदवादीहरुको नया रुप र जामाको “कथित स्थानीय चुनाव खारेज”गर्ने अभियान” भएता पनि चन्दा लिने,हत्या हिंसा गर्ने पार्टीको नीति कार्यक्रम नभएको प्रष्ट पार्दछौ।
४.संसदवादीहरुले आफ्नो “करोडौं लगानी गरेर अरबौ कमाउने काला-सपनामा” हाम्रो पार्टीको चुनाव खारेज अभियानले निदहराम गरे पछिको चिच्याहटको रुपमा अभिब्यक्त भएको “नक्कली पार्टी र नक्कली संरचना”मा कोहि कसै भ्रममा नपर्न अनुरोध गर्दछौ। कहि कतै कोहि कसैले यस्ता अराजनैतिक तथा अपराधिक हर्कत गरेको सूचना जानकारी भए तुरुन्त पार्टीमा खबर गर्न पनि अनुरोध गर्दछौ।
५.”कथित स्थानीय चुनाव” मार्फत हिजोका र नया रुपरंगका जाली,फटाह,सुद्खोर,कालोबजारिया, भुमाफिया, मानवतस्कर , दलालहरु गाउँ बस्तिमा छिर्ने कुचेष्टा गरिरहेकोले चुनावी चिल्ला,चाप्ला र गुलिया कुरामा नभुली दृढतापुर्वक “चुनाव खारेज अभियानमा” लाग्न सम्पुर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौ। ”