फरार व्यक्ति नेकपाको फन्दामा

२०७४ बैशाख १८ गते, सोमबार

काठमाडौं, १८ बैशाख । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले ४ बर्ष देखी फरार रहेको व्यक्तिलाई पक्राउ गरेका छन । काठमाडौँको दक्षिणकाली नगरपालिका वडा नं.८ भन्डारखर्कका डम्बरबहादुर तामाङलाई निजकी कान्छि श्रीमती विमलाको उजुरीको आधारमा आइतबार पक्राउ गरि जनकार्बाही गरिएको छ । निजलाई पक्राउ गर्न फर्पिङका प्रहरी प्रशासनले पनि सहयोग गरेका थिए । डम्वर बहादुरतामाङले आफ्नो जेठी श्रीमती हुँदाहुँदै छोरा नभएको कारणले छोरा पाउने आशाले कान्छि श्रीमति विमला तामाङलाई उनकै जेठी श्रीमतिको स्वीकृतिमा २०६९ सालमा परम्परागत विवाह गरेकी थिईन् । पछि कान्छि श्रीमतिवाट पनि बच्चा नभएपछि कुटपिट गर्ने हेला गर्ने, घरमा बस्नै नदिने खाना पनि नदिने गरेको गुनासो पिडित महिलाले बताईन् ।
गाउँकै बुद्दिजिवि, भद्र भलाद्मी, जनजाती, महिला तथा युवा समुहहरुको सँग्लनतामा विवाह दर्ता गरि नागरिकता दिन्छु भनी कवुल गरेको भोलिपल्टै देखि फरार भएको थियो । नेपाल कम्युनिस्ट पार्टीले जनसरकार गाउँगाउमा लागु गर्ने क्रममा जनअदालतमा पिडित महिलाले न्याय दिलाई पाउ भनी निवेदन आए देखी सो पार्टीका कार्यकर्ताले विगत एक महिना देखी निरन्तर निगरानी गर्दै आएको स्थानीय नेता साङ्गे लामाले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]