कन्काइ नगरपालिकामा जनसरकार

२०७४ बैशाख १८ गते, सोमबार

काठमाडौं, १८ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले झापाको कन्काइ नगरपालिकामा जनसरकार घोसणा गरेको छ । स्थानीय जनताहरुको बिचमा देबि उप्रेतिलाई जनसरकार प्रमुख घोसणा गरिएको हो । सरकारले स्थानीय निकायको निर्बाचन घोसणा गरेर जनप्रतिनिधी बनाउने भनिरहदा पाटीले संसदीय ब्यवस्था असफल भैसकेको र यसको बिकल्पमा बैज्ञानिक समाजबादलाई स्थापना गर्नुपर्ने भन्दै आफ्नो सरकार बनाउदै लाने कामलाई तिब्रता दिएको बताएको छ । जनताकोकाम संसदिय सत्ताले गर्न नसक्ने भन्दै जनताको काम गर्नको निम्ति सत्ता निर्माण गरिएको उक्त पार्टीको ठोकुवा छ ।
कार्यक्रममा झापा जिल्ला इन्चार्ज कृष्ण अधिकारी उमेश, जिल्ला सेक्रेटरी तारा थापा , ब्युरो सदस्य दिपक लकान्द्री र जिल्ला जनसत्ता प्रमुख सुमनसिंह पौडेलले मन्तब्य राखेका थिए । जिल्ला सेक्रेटरी तारा थापाले जनताको काम अब दलालहरुले होइन हाम्रो पार्टिको नेतृत्वमा जनसरकारले गर्ने भएकाले दलालहरुले होस गर्नु पर्ने बताए । इन्चार्ज उमेशले कथित निर्बाचनको नाटक नगर्न आग्रह गर्दै जनताको काम गर्न जनताको सरकार आवश्यक रहेको बताए । जिल्ला जनसरकार प्रमुख सुमनसिंहले भने संसदबादले नेपाल देशै नरहने स्थितिमा पुर्यएको हुनाले यसको समुल नस्ट गर्न एकपटक विद्रोहको बिकल्प नरहेको बताए । कार्यक्रम कन्काइ नगर सेक्रेटरी सौगातको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]