माओवादी केन्द्र निकट युवाहरु नेकपामा समाहित

२०७४ बैशाख २१ गते, बिहीबार

काठमाडौँ, २१ बैशाख । स्थानिय चुनाव नजिकिदै गर्दा माओवादी केन्द्र निकट युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा धुर्विकरण हुने क्रम बढ्दै गएको छ ।
यसै क्रममा हिजो माओवादी केन्द्रका दाङका जिल्ला वाईसिएल सह–संयोजक अतुल कँवरको नेतृत्वमा आठ जना युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा धुर्वकृत भएका छन् । त्यस्तै अमिर चौधरी, हुम बहादुर परियार,शुमन रास्कोटी,अनिल कँवर,गोबिन्द भण्डारी, कृति भण्डारी र त्रिभुवन बुढाथोकी रहेका छन् । उनीहरले बिज्ञप्ती जारी गरेर सो पार्टी परित्या गरेको घोषणा गरेका छन् ।
माओवादी केन्द्रले जनताका पक्षमा उठाएका एजेण्डा परित्याग गरेकाले आफुहरु नेपाल कम्युनिस्ट पार्टीमा धुर्बिकृत भएको बिज्ञप्तीमा भनिएको छ । प्रचण्ड मण्डलीहरु संसदवादमा चुर्लुम्म डुबेपछि सो पार्टी भित्र रहेका सच्चा क्रान्तिकारी शक्तिहरु नेकपामा धुर्बिरण हुने क्रम तीब्र बढेको छ ।

प्रतिक्रियाहरु

[anycomment]