लखेटिए प्रहरी

२०७४ बैशाख २३ गते, शनिबार

काठमाडौं, २३ वैशाख । कालिकोटका जनताले स्थानीय चुनाबको लागि खटिएका प्रहरीलाई लखेटेका छन। उनीहरुले जनयुद्धको झल्को दिनेगरि स्थानीय निर्वाचनको सुरक्षामा खटिएका १५० बढी जनपथ र सशस्त्र प्रहरीलाइ १ किलो मिटर टाढा लखेटेका छन् । १५० जना संख्यामा रहेको सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीको सयुक्त टोलिले गाउँमा घेरा हालेर जबर्जस्त स्थानीय जनतालाई भोट हाल्न भनेर धम्याउन थालेपछि जनताले प्रतिरोध गरेका थिए ।
प्रहरी र स्थानीयको बीचमा झडप हुँदा ७ स्थानीय र ६ प्रहरी घाइते भएका छन् । झडपको क्रममा स्थानीयले प्रहरीका २ राइफल खोसेर भाँचिदिएका छन् ।
उक्त क्षेत्र नेकपाले चुनाव निषेधित क्षेत्र घोषणा गरेको थियो । महान दश बर्षे जनयुद्धको समय बि.स. २०५४ चैत्र २६ गते पनि विथल डाँडामा महिला प्रतिरोधले इतिहास रचेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]