जनगणतान्त्रिक सम्पर्क मन्चका महासचिव गिरफ्तार

काठमाण्डौ,२७ बैशाख । नेपाल कम्युनिष्ट पार्टीको जनवर्गिय संगठन जनगणतान्त्रिक सम्पर्क मन्चका केन्द्रिय महासचिव हिरा शाहिलाई प्रहरीले गिरफ्तार गरेको छ । बागवजार स्थित सम्पर्कको कार्यलयबाट नै शाहिलाई आज दिउसो प्रहरीले गिरफतार गरेको हो । तीन महिने एकिकृत जनजागर तथा प्रतिरोध अभियान सन्चालन गरिरहेको कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पछिल्लो समय बिना कारण गिरफ्तार गर्ने कार्यलाई तिब्र बनाएको छ ।
गृह मन्त्रालयको सर्कुलर भन्दै प्रहरीले कार्यकक्ष तथा सडकमा हिडिरहेको अवस्थामा समेत सो पार्टीका नेता कार्यकर्तालाई पक्राउ गर्ने कार्य गरिरहेको छ ।