आज नेपाल बन्द

काठमाडौं, ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज नेपाल बन्दको आव्हान गरेको छ । चुनाब खारेजी अभियानमा जुटेको नेकपाले आजको बन्दलाई लक्षित गर्दै हिजो सांझा देशभर मशाल जुलुस निकालेको थियो । शुक्रबार साँझ ७ बजे काठमाडौं उपत्यका लगायत देशभर मशाल जुलुस निकालेको नेकपाले जनाएको छ । उसले एकै समय पारेर पूर्वको मेची, कोशी, पूर्व ताम्सालिङ। पश्चिम ताम्सालिङ, गण्डक, भेरी, कर्णाली, सेती, महाकाली ब्यूरोले शहर र सदरमुकाममा मशाल जुलुस निकालेको थियो । नेकपाले आज नेपाल बन्द गरेर सहयोग गर्न उद्योग, शिक्षण संस्था, बजार, कलकारखाना संचालकसँग आग्रह समेत गरेको छ । बन्द सफल पार्न जनसमुदायको साथमा प्रभावकारी भूमिका निभाउन पनि नेता तथा कार्यकर्तालाई अपिल गरेको छ । आफ्नो पूर्वघोषित शान्तिपूर्ण राजनीतिक अभियान सरकारले गैरकानूनी रुपमा पार्टीका नेता तथा कार्यकर्ता र समर्थकलाई दमन, धरपकड, गिरफ्तार र झुठा लगाएको विरोधमा नेकपाले नेपाल बन्द घोषणा गरेको हो ।