निर्वाचन खारेजी याेजना भव्य एवम् सानदार ढंगले सम्पन्न

काठमाडौं,१ जेठ । नेपाल कम्युनिस्ट पार्टी कालिकोटका ईन्चार्ज समरले निर्वाचन खारेजी याेजना भव्य एवम् सानदार ढंगले सम्पन्न भएको बताएका छन । उनले आज एक विज्ञाप्ति जारी गर्दै सो कुरा बताएका हुन् । यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी कालिकोटका ईन्चार्ज समरले जारे गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “संसदीय दलाल सरकारले घाेषणा गरेको बैशाख ३१ गतेकाे कथित स्थानीय निर्वाचन खारेजी गर्ने पार्टी केन्द्रकाे याेजना कालिकोटमा भव्य एवम् सानदार ढंगले सम्पन्न भएकाे छ । खासगरी बैशाख २२ गते फुकाेटबाट शुरु भएकाे जनताकाे प्रतिरोध माल्काेटमा मतपेटिका कब्जासहित नष्ट गरि उत्कर्षमा पुगेको छ । संसदीय व्यवस्थाका मतियारहरुले जतिसुकै ढंका पिटेपनि याे राज्यकाे अन्तिम शाही सेना परिचालन गरेपनि यसमा जनसहभागिता अत्यन्तै न्यून रहेकाे छ । यसले कथित संसदीय व्यवस्थाप्रतिकाे जनताको वितृष्णा मुखरित भएकाे छ । निकट भविष्यमा यसकाे अन्त्य निश्चित छ । हाम्रो पार्टीको याे निर्वाचन खारेजी अभियानमा कालिकोटको एेतिहासिक भूमि माल्काेटका क्रान्तिकारी जनसमुदायले फेरि एकपटक अाफ्नाे क्रान्तिकारी विराशत कायम गर्दै संसदीय दलाल सत्ताको डटेर प्रतिरोध गरेका छन् । यसक्रममा स्थानीयवासी धनरुप बटालाकाे दुखत निधन भएकाे छ भने दानबहादुर बटाला, कुलबहादुर बटाला र ब्यासी विक घाइते भएका छन् । एकीकृत जनक्रान्तिका पहिलाे सहिद धनरुप बटालाप्रति हाम्राे पार्टी उच्च सम्मान प्रकट गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दैछौं । घाइतेहरूको शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछौं । साथै याे महान अभियानलाई सफल पार्न बिशेष गरि माल्काेट, फुकाेट, भर्ता, मुम्रालगायत जिल्ला भरीका सम्पूर्ण जनसमुदाय तथा पार्टी नेता-कार्यकर्ताहरुले खेलेको भूमिकाकाे उच्च कदर गर्दै धन्यवाद ज्ञापन गर्दछौं ।”