दाङमा जनसत्ता

२०७४ जेष्ठ २ गते, मंगलवार

काठमाडौं, २ जेठ । संसदवादी दलहरू करौडौंको खर्चमा नागरिकको ज्यानै लिनेगरी बन्दुकको बुटमूनि चुनाव गराइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी दाङले भने जनताकै बीचमा जनतालाई नै न्याय सुरक्षा दिने कार्यक्रमका साथ जनसत्ताको सुदृढ गरिरहेको छ । सोमबार दाङस्थित रामपुर गाऊँ जनपरिषद घोषणा कार्यक्रमबाट १५ जनाको गाऊँ जनपरिषद सर्वसम्मत रूपले चयन गरिएको छ। उक्त रामपुरको जनपरिषद प्रमुखमा छोटीलाल चौधरी जनपरिषद प्रमुखमा सर्वसम्मत निर्वाचित भएका छन् ।
एकीकृत जनजागरण तथा प्रतिरोधअन्तर्गत दाङले जिल्लाका गाऊँ गाऊँमा उक्त जनपरिषद विस्तार गर्ने कार्यलाई जारी राखेको छ । समाजमा हुने विभिन्न समस्यालाई हल गर्न तथा व्यथितिलाई अन्त्य गर्न जनपरिषद घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय द्वय सदस्य ज्वाला खडिवडा र र पाटनले बताएका छन्। छोटीलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन चुलुवा चौधरीले गरेका थिए । – जानकी दहित

प्रतिक्रियाहरु

[anycomment]