छोडिएको ५ मिनेट मै पुन:पक्राउ

२०७४ जेष्ठ १८ गते, बिहीबार

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय युवा जनस्वयंसेवक नुनुवाकोटका जिल्ला अध्यक्ष शंकर तामाङलाइ छोडिएको ५ मिनटमा नै प्रहरीले पुनः गिरफ्तार गरेको छ । २७ दिनअघि पक्राउ परेका नुवाकोट विनपा ११ गेर्खुका तामाङलाई मंगलबार स्थानीय प्रशासनले छाडेको ५ मिनेटमै प्रहरीले पक्राउ गरी धादिङ पुर्याएको बताइएको छ । उनको बाबु रक्त क्यान्सर सिकिस्त बिरामी पर्दा समेत प्रहरीले नछाडी धादिङ र्पुयाएपछि नेकपा नुवाकोट स्थानीय प्रशासन र प्रहरीप्रति क्रुद्ध बनेको छ । यस्तै नुवाकोटका जिल्ला सेक्रेटरी रिहा भएका छन् । तारकेश्वर नगरपालिका ६ काठमाडौंका सागर तिमिल्सिना(आक्रोश) यही वैशाख २९ गते विनपा २ शेरादरबारको भग्नावशेष भएको ठाउँबाट पक्राउ परेका थिए । उनको बाबु सिकिस्त बिरामी भएकाले छाडिएको स्थानीय प्रशासनले जनाएको छ । उनी २० दिनपछि रिहा भएका हुन् । पक्राउ परेका नेकपाका कार्यकर्ताहरुलाई जिल्ला साटफेर गरिएको छ । २५ दिनपछि मुद्दा चलाउन नमिल्ने भएपछि जिल्ला साटफेर गरिएको प्रहरी स्रोतले जनाएको छ । धादिङ प्रशासनले १२ जना नेकपाका कार्यकतालाई पक्राउ गरेर नुवाकोट पठाएकोमा एक जनालाई छाडेको छ भने ११ जनालाई नुवाकोट राखेको छ । उनीहरुलाई दोस्रो स्थानीय चुनाव नसकिएसम्म थुनामा राखिने भएको छ ।
स्थानीय तहको चुनाव विथोल्ने गतिविधि गरेकोले नेकपा कार्यकर्ताहरु पक्राउ परेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]