भारतिय हर्कतले देशको सार्वभौमिक अखण्डतामा नै गम्भीर धक्का

काठमाडौं, १९ जेठ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले डोटीमा भएको भारतीय प्रहरीको नेपाल प्रवेश र नेपाली नागरिकको अपहरणलाई नेपालमाथिको नाङ्गो हस्तक्षेप भएको बताएका छन । प्रवक्ता प्रकाण्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय कानुन अनुसारसमेत भारतीय प्रहरी विना अनुमती नेपाल प्रवेश गर्नु गैरन्यायिक र अपराधीक कार्र्यभएको बताएका छन । उनले नेपाली नागरिकलाई फिर्ता ल्याउन र भारतीय प्रहरीलाई कारवाही गर्न माग समेत गरेका छन । नेपाली नागरिक अपहरण गर्ने भारतीय प्रहरीलाई कारवाही गर्नुको सट्टा सुचना लुकाएर गुपचुप फिर्ता गर्ने हर्कतले देशको सार्वभौमिक अखण्डता मै गम्भीर धक्का लागेको प्रकाण्डद्वारा जारी वक्तव्यमा भनिएको छ ।
प्रवक्ता प्रकाण्डद्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – ‘जेष्ठ १८ गते मध्य राती भारतीय प्रहरीका डिएसपी नागराजसहित ५ जनाको जत्थाले डोटी जिल्ला, दिपायल सिलगडी नगरपालीका– ८ लडागडाका लाल बहादुर आउजीलाई अपहरण गरी लगेको घटनाप्रति हाम्रो पार्टीको ध्यान गंभिर रुपमा आक्रशित भएको छ । डकैंती शैलीको उक्त अपहरण घटनाको हाम्रो पार्टी घोरनिन्दा एवं भत्र्सना गर्दछ । अपहरित लालबहादुर आउजीको स–सम्मान रिहाको जोडदार माग दर्गछ ।
भारतीय प्रहरी टोलीको यो हरकत नेपालको राष्ट्रिय स्वाधिनता माथिको नाङ्गो हस्तक्षेप, अन्तर्राष्ट्रिय कानुनको घोर उलंघन, भारतीय साम्राज्यवादको हेपाहा प्रवृति र नेपाली समाज एवं जनताको सामाजिक सुरक्षाको हकका खिलापमा गंभिर अपराध भएको हुनाले भारतीय प्रहरी जत्थालाई अन्तर्राष्ट्रिय कानुन मुताविक कारवाही गर्न र मोदी सरकारले नेपाली जनता समक्ष आगामी दिनमा यस्ता गंभिर अपराधिक प्रकृतिका घटना नघटाउने वाँचा सहित माफी माग्न हाम्रो पार्टी जोडदार माग गर्दछ । नत्र यसको परिणाम गंभिर हुने चेतावनी समेत दिन चाहान्छ ।
आफ्नो देश भित्र भारतीय प्रहरीले विना कुनै सूचना, अन्तर्राष्ट्रिय कानुनको उलंघन गर्दै मध्य रातमा आफ्ना नागरिकको अपहरण गर्दा समेत चुईक्क सम्म नबोल्ने प्रचण्ड सरकार र त्यसको गृह प्रशासनको आत्मसमर्पण, लाचारिपना र आफ्ना जनता प्रतिको जवाफदेही विहिनताको हाम्रो पार्टी गंभिर आपति प्रकट गर्दछ । स्थानीय चुनावमा हाम्रो पार्टीका नेता, कार्यकर्ता र समर्थक जनताले खारेजीको आफ्नो राजनैतिक स्वतन्त्रता र अधिकारको प्रयोग गर्दा सयौंको संख्यामा गिरप्तारी गर्ने, झुट्टा मुद्दामा फसाएर जेल चलान गर्ने र हिरासतमा राख्ने तर भारतीय प्रहरीको अपहरणकारी जत्थालाई भारतमै स–सम्मान बुझाई दिने प्रचण्ड सरकार भारतीय साम्राज्यवादको दलाल, राष्ट्रघाती र जनविरोधी सरकार भएको कुराको यो भन्दा ठूलो प्रमाण अरु के हुन सक्छ र ? तसर्थ भारतीय प्रहरी हस्तक्षेप र प्रचण्ड सरकारको लाचारीपनाका विरुद्ध तुरुन्तै संघर्षमा उत्रन सेती–महाकालीलगायत आम नेपाली जनतामा हाम्रो पार्टी विशेष अपिल गर्दछ । ‘