जिशिअ विष्टलाई कालो मोसो

२०७४ जेष्ठ २० गते, शनिबार

काठमाडौं, २० जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विद्यालय पूर्वाधार र विद्यार्थीको खाजामा भ्रष्टाचार गरेको आरोपमा कैलाली जिल्ला शिक्षा अधिकारीलाई शुक्रबार कालो मोसो दलेको छ । य्यास बिषयमा अखिल क्रान्तिकारी कैलाली जिल्ला समितिले एक प्रेस विज्ञिप्ति जारी गरि पूर्वाधार निर्माण र विद्यार्थीलाई दिइने विद्यालय खाजा कार्यक्रममा कमिशन लिई भ्रष्टाचार गरेको भन्दै बाध्य भई जिल्ला शिक्षा अधिकारी मानसिं विष्टलाई कालो मोसो दलेर कारवाही गरेको जानकारी दिएको छ । साथै २०७३ चैत ३० गते जिल्ला स्तरमा देखिएका शैक्षिक समस्या समाधान गर्न क्रान्तिकारीसँग उनले १४ बुँदे सहमति समेत गरेका थिए । तर कार्यान्वयन गर्नुका साटो अवैधानिक रुपा कक्षहरु संचालन, कार्यविभाजमा राजनैतिक पूर्वाग्रह, शिक्षक मिलानमा मनपरी, प्राविधिकहरुलाई रकम असुलीमा लगाउने, खाजा कार्यक्रममा कमिशन खाने जस्ता गलत धन्दामा लागेको आरोप विज्ञप्तिमा लगाइएको छ । जिशिअ विष्टको कार्यशैलीले जिल्लाका शैक्षिक क्षेत्रलाई अस्तव्यस्त र धरासायी बनाएको र सुध्रिन तयार नभएकोले सांकेतिक रुपमा कालो मोसो दली जिल्ला शिक्षा मानसिंह विष्टलाई कारवाही गर्न बाध्य भएको व्यहोरा विज्ञिप्तमार्फत जानकारी गराइन्छ’ शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]