महिला संघको अध्यक्षलाई तत्काल रिहाई गर्न माग

२०७४ जेष्ठ २५ गते, बिहीबार

काठमाडौं, २५ जेठ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव धीरिन्द्रा उपाध्यायले आफ्नो संगठनको अध्यक्ष बन्दु चन्दको तत्काल रिहाईको माग गरेकी छन् । महासचिव उपाध्यायले आज एक विज्ञप्ति जारी गरेर संगठनको कामको सिलसिलमा प्युठानमा सामान्य छलफल गरिरहेको बेला प्रहरीले गिरफ्तार गरेको घटनप्रति संगठनको ध्यानाकर्षण भएको बताएकी छन् । उपाध्यायले लोकतान्त्रिक गणतन्त्रले दिएको नागरिक मौलिक अधिकारको गम्भीर उल्लंघन गरेको बताएकी छन् । ‘कथित लोकतान्त्रिक गणतन्त्रले दिएको नागरिकको मौलिक अधिकारलाई समेत गम्भीर उल्लंघन गरी दैशैभरि हाम्रो संगठनका नेता, कार्यकर्ता, समर्थक, सर्वसाधारणलाई समेत पञ्चायती शैलीमा दमन, धरपकड र गिरफ्तार गरिएको छ । यो घटनाले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ । महासचिव उपाध्यायले अध्यक्ष बन्धु चन्दलगायत गिरफ्तारीमा गरिएका नेता, कार्यकर्तालाई तुरुन्त रिहा गर्न जोडदार माग गरेकी छन् । उनले विना सर्त तत्काल रिहाई नगरे राज्यविरुद्ध प्रतिरोध गर्ने चेतावनी समेत दिएकी छन् ।

प्रतिक्रियाहरु

[anycomment]