सामना परिवारमाथि प्रहरी ज्यादती , मध्यरातमा गिरफ्तार

२०७४ जेष्ठ २९ गते, सोमबार

काठमाडौं , २९ जेठ । प्रहरीले आइतबार मध्य राती गृहमन्त्रीको ठाडो आदेश भन्दै नेपाल कम्युनिस्ट पार्टी निकट सामना कलकाकारहरुलाई लाजिम्पाटबाट गिरफ्तार गरेको छ । सामना परिवारमाथि रातको ९ बजे प्रहरीले छापा मारेर ८ जना कलाकारहरुलाई गिरफ्तार गरेको हो । गिरफ्तार पर्नेहरुमा आरोह नेपाली, बुद्ध लामा, प्रमोद गिरी, दिवाकर, राहुल, राजन, प्रभात र राम मगर छन् । खानतलासी लिइसकेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
यसैबीच जनताका जनकलाकारहरु बसिरहेको ठाउँमा शेरबहादुर–प्रचण्ड सरकारले मध्यरातमा गरिएको हस्तक्षेपका विरूद्ध जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले एक विज्ञप्ति निकाल्दै गिरफ्तारमा परेका कलाकारहरुको तुरुन्त स–सम्मान रिहाइको माग गर्दै सरकारको यसखाले रवैयाको कडा भत्र्सना गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ – सरकारका यसखाले रवैया तुरुन्त नरोके हामी सशक्त प्रतिरोधमा उत्रन बाध्य हुनेछौँ । दलाल संसदीय व्यवस्थाका विरुद्ध कुनै पनि मूल्यमा संघर्ष जारी राख्ने प्रतिवद्धतासमेत गरिएको विज्ञप्तिमा भनिएको छ, मृत्युको सन्निकट उभिएको दलाल संसदीय व्यवस्थामाथि अब चौतर्फी हमला गर्नुपर्ने बेला आएको छ । यसले देउवा–दाहालको फासीवादी चरित्र उजागर भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]